रुकुममा स्वास्थ्यकर्मी सहित ८ जनामा कोरोना पुष्टी
रेखदेख संवाददाता ।
असार १६, रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ८ जना व्यक्तिमा कोरोना पोजेटिभ पुष्टि भएको छ । कामको शिलशिलामा छिमेकि राष्ट्र भारत वाट आएका ७ र १ जना स्वास्थ्यकर्मि सहित ८ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको वताईएको छ ।
आज कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा विभागले प्रेस विज्ञप्ती मार्फत चौरजहारी नगरपालिका वडा नम्वर १ का ८,१९, २६, २९,३४,५० वर्षिय पुरुष वडा नम्वर ३ का २७ वर्षिय पुरुष र वडा नम्वर ९ का २० वर्षिय पुरुषमा पिसिआर विधि वाट गरीएको जाँचमा कोरोना रिपोर्ट पोजेटिभ भएको पुष्टि गरेको छ ।
साथै नेपालगञ्ज वाँके घरभै चौरजहारीमा व्यवसाय गर्दै आउनुभएका १ पुरुषमा पनि कोरोना पुष्टिभएको वताईएको छ । उनीहरु सवैलाई चौरजहारी अस्पतालको आईसोलेसनमा राखीएको नगर स्वास्थ्य शाखा चौरजहारीका सहसंयोजक डण्ड शर्माले जानकारी दिएका छन्।
कोरोना पोजेटिभ सवै व्यक्तिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले वताएको छ ।

