स्थानीय विपद व्यवस्थापन समितिलाई रुकुमेलीको सहयोग
रेखदेख संवाददाता ।
असार १४, रुकुम । कोरोना संक्रमण रोग नियन्त्रण, न्यूनीकरण र व्यवस्थापनको लागि रुकुमेली समाज विकास केन्द्रले सहयोग गर्ने भएको छ । रुकुम पूर्व र पश्चिमका ९ वटै स्थानीय तहको स्थानीय विपद व्यवस्थापन समितिलाई रु दश÷दश हजार रुपैयाँका दरले सहयोग गर्ने रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले जानकारी दिएका छन् । उनले भने, ‘कोरोना रोग नियन्त्रणका लागि स्थानीय सरहकारलाई सहयोग गरिएको हो ।’ आईतबार रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले मुसीकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमलाई नगत दश हजार रुपैयाँ हस्तान्तरण गरेको जनाएको छ । रकम प्राप्त पछि मुसीकोट नगरपालिकाले धन्यवाद पत्र प्रदान गरेको छ । रुकुम पूर्व र पश्चिमका अन्य स्थानीय सरकारलाई पनि सहयोग रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको अध्यक्ष नेपालीले जानकारी दिएका छन् ।

