रुकुम पश्चिममा वाईसिएल–युवा संघ एकताः यसरी मिल्यो समिकरण
रेखदेख संवाददाता
असार १४, रुकुम (पश्चिम) । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल रुकुम पश्चिमले आफ्नो संगठनात्मक एकता टुंग्याएको छ । तत्कालीन माआवादी केन्द्र निकट वाइसियल र नेकपा एमाले निकट युवा संघ नेपालको एकताबाट रुकुम पश्चिममा ६१ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल गठन गरिएको राष्ट्रिय युवा संघ नेपाल रुकुम पश्चिमका संयोजक जनककुमार विश्वकर्माले जानकारी दिएका छन् ।
गत चैत ६ गते बसेको एकता बैठकका संयोजक जनककुमार वि.क., सह संयोजक हरिबोल भारतीका साथै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य शैलेश कुमार शर्मा, जितबहादुर हमाल र लक्ष्मण ओलीको विशेष उपस्थितीमा संगठनको केन्द्रिय विधान २०७६ अनुरसार ६१ सदस्यीय समिति गठन गर्ने निर्णय गरेपनि पूर्णता पाउँन सकेको थिएन । आईतबार बसेको बैठकले राष्ट्रिय युवा संघ नेपालको गठन गरेको राष्टिैय युवा संघ नेपालका संयोजक जनककुमार विक र सह-संयोजक हरिबोल भारतीले हस्ताक्षर विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यस्तै रुकुमको ६ वटै स्थानीय तहमा समेत राष्ट्रिय युवा संघ नेपालको संयोजक र सह-संयोजक तोकिएको छ । मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिका तत्कालिन नेकपा एमाले निकटको युवा संघ नेपालले नेतृत्व पाएको छ । भने सह-संयोजकमा तत्कालिन माआवादी केन्द्र निकट वाइसियल नेपालको भागमा परेको छ ।
त्यस्तै सानीभेरी गाउँपालिका, चौरजहारी नगरपालिका, बाँफीकोट गाउँपालिका र आठविसकोट नगरपालिकामा तत्कालिन तत्कालीन माआवादी केन्द्र निकट वाइसियल नेपालको भागमा संयोजक परेको छ । भने सह-संयोजक युवा संघले पाएको छ ।
राष्ट्रिय युवा संघ नेपालले जारी गरेको विज्ञप्ती र निर्णयहरु




