सोती घटनाको बिरोधमा रुकुममा नागरिक खबरदारी

रेखदेख संवाददाता
जेठ २६, रुकुम ।
सोति घटनाको विरोधमा रुकुममा नागरिकहरुले खबरदारी गरेका छन् । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा सोमबार सोति घटनाको विरोधमा खबरदारी गरिएको हो । नेपाली कांग्रेस रुकुम पश्चिमका भातृ संगठनहरुले सोति घटनाको विरोधमा संयुक्त रुपमा नागरिक खबरदारी गरेको जनाएका छन् ।
विशेषगरी नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल दलित संघ र नेपाल राष्ट्रिय मगर संघले संयुक्त रुपमा नागरिक खबरदारी गरेको

?

नेपाल महिला संघका अध्यक्ष मनिषा भण्डारीले जानकारी दिएकी छिन् । उनले भनिन, सोती घटनामा ६ जनाको हत्या गरिएको विषयमा पीडकलाई हदैसम्मको कारबाही गर्न माग समेत गरिएको जनाईन् ।
सोती घटनामा हुन सक्ने राजनीतिक हस्तक्षेपको विरोध गदै नागरिक खबरदारी गरिएको नेपाल दलित संघका केन्द्रिय सदस्य यज्ञबहादुर परियारले जानकारी दिएका छन । उनले भने, ‘हामी घटनको सत्यतथ्य छानविनको लागि सहयो गर्नुका साथै घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेका छौं ।’ नेपाली कांग्रेस रुकुमको पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥याली जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, त्रिवेणी चोक हुँदै पुस्पलालचोकबाट कालिका स्थान गएर कोण सभापमा परिणत भएको थियो ।
कोण सभामा नेपाल महिला संघका अध्यक्ष मनिषा केसी, अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष सीता ओली, नेपाल दलित संघका केन्द्रिय सदस्य यज्ञबहादुर परियार, नेपाल राष्ट्रिय मगर संघका टेकबहादुर पुन, नेपाल दलित संघका अध्यक्ष परवीर ददेल, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य तारक केसी, जिल्ला अध्यक्ष लालबहादुर ओलीगायतले साती घटनामा संलग्नलाई कारबाहीको माग गदै कोण सभालाई सम्बोधन गरेका थिए ।
गत जेठ १० गते जाजरकोट जिल्ला भेरी नगरपालिका ४ का नबराज विक र चौरजहारी नगरपालिका ८ सोती गाउँकी मल्ल थरकी युवती बीच भएको अन्तरजातीय प्रेम सम्वन्धका कारण नवराज विक सहित ६जना मारिएका छन् ।

जसमा टीकाराम सुनार, लोकेन्द्र सुनार, सञ्जु विक, गणेश वुढा र गोविन्द शाहीको मृत्यु भएका छन् । भने १२ जना घाईते भएका थिए । विहे गर्न भनि पश्चिम रुकुमको सोती गाउँ पुगेका जाजरकोटका युवाहरुलाई सोती गाउँका स्थानीयले नवराज विक सहित १८ जनालाई गाउँबाट लेखेटेका थिए । पीडित परिवारले नवराजन विक सहितका ६ जनालाई घरेलु हतियारले कुटेर हत्या गरेपछि भेरीमा बगाएको आरोप लगाउदै आएका छन् । भने सोती गाउँका स्थानीयहरुले नबराज सहितका युवाहरु भेरीमा बगेर मरेको बताएका छन् ।
अन्तरजातीय प्रेम सम्वन्धका कारण नवराज सहित ६ जनाको हत्याको विरोधमा देश तथा विदेशमा समेत आन्दोलन भईरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *