सोती घटनाका दोषिलाई कारबाहीको माग गदै राके जुलुसको फोटो फिचर
जेठ २२, रुकुम । सोती घटनाका दोषिलाई कारबाहीको माग गदै रुकुममा राके जुलुस निकालिएको छ । नेपाल विद्यार्थी संघ रुकुमले सोती घटनाका दोषिलाई कारबाही गर्ने माग गदै आन्दोलन गरेको नेपाल विद्यार्थी संघका जिल्ला प्रतिधिी तिलक डाँगीले जानकारी दिएका छन् । गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ कि मल्ल थरकी केटीसँग अन्तरजातीय प्रेम सम्वन्धका कारण भेरी नगरपालिका ४ का नबराज विक सहित ५ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले घटनामा संलग्न रहेको आरोपमा २५ जना पक्राउ गरेको छ । भने २ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।