सोती घटनाः थप ७ जना पक्राउ

रुकुम चौरजहारी नगरपालिका ८ सोती घटनामा संलग्न भएको आरोपमा थप सात पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले गएको जेठ १० गते ६ जनाको हत्यामा संलग्न आशंकामा सात जना पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार बिहिवार अनुसन्धानको क्रममा थप सात जनालाई नियन्त्रणमा लिइएको हो । बिहिबार पक्राउ परेकाहरुको नाम ,ठेगाना खुलाइएको छैन ।

यस अगाडि वडा नम्बर ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, वीरबहादुर मल्ल, प्रकाश मल्लसहित १८ जना हिरासतमा छन् ।  पीडित परिवारले २० जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन् । किटानी जाहेरी दिएका दुई जना अझै फरार रहेका छन ।

प्रहरीले अनुसन्धान तथा फरारको खोजि कार्यलाई व्यापक बनाएको छ । हिरासतमा रहेकालाई बिहीबार जिल्ला अदालत रुकुम पश्चिममा पेश गरि थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *