चौबीस घण्टामा विश्वमा एक लाख नौ हजार कोरोना संक्रमित थपिए, मृत्युसंख्या घट्यो

चौबीस घण्टामा विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ लाख ८ हजार ७६७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

सबैभन्दा बढी अमेरिकामा २० हजार ३५० जना संक्रमित थपिएका छन् । अमेरिकामा १८ लाख ३७ हजार १७० जना संक्रमित पुगेका छन् । त्यस्तै दोस्रो स्थानमा ब्राजिल रहेको छ ।

ब्राजिलमा २४ घण्टामा १६ हजार ४०६ जना नयाँ संक्रमित थपिएका छन् । ब्राजिलमा संक्रमित ५ लाख १४ हजार ८४९ पुगेका छन् ।

तेस्रो स्थानको नयाँ ९ हजार २६८ सहित संक्रमित ४ लाख ५ हजार ८४३ जना पुगेका छन् । भारत चौथो स्थानमा रह्यो । भारतमा ८ हजार ७८२ जना संक्रमित थपिएर संक्रमितको संख्या १ लाख ९० हजार ६०९ पुगेको छ । समग्रमा भारत सातौं स्थानमा आइपुगेको छ ।

मृत्यु दर भने २४ घण्टामा घटेको छ । ३ हजार १९१ जनाको ज्यान गएको छ । सबैभन्दा बढी अमेरिकामा ६३८ जनाको ज्यान गएको छ ।

यो पछिल्लो २ महिनामा सबैभन्दा कम हो । त्यस्तै ब्राजिलमा ४८० तथा भारतमा २२३ जनाको ज्यान गएको छ । क्यानाडामा एकैपटक मृतक बढेका छन् । त्यहाँ २२२ जनाको ज्यान गएको छ ।

६२ लाख ५९ हजार २४९ जना संक्रमित हुँदा ३ लाख ७३ हजार ६९७ जनाको ज्यान गएको छ ।

निको हुनेहरुको संख्या २८ लाख ४३ हजार ९९८ रहेको छ । हाम्राकुरा डटकमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *