साढे १२ हजार विरामीको उपचार

गोपाल रेग्मी रुकुम (पश्चिम)
यतिवेला विश्व मानव समुदाय कोरोना भाईरस (कोभिड १९ )को महामारीमा संग लडिरहेको छ ।
संसारका सयौं देशहरु कोभिड १९ महामारीको कारण लक डाउनको अवस्थामा छन । संसारमा मानिसहरुको भिडभाड देखि व्यापार व्यावसाय ठप्प छ ।
भने कोरोना भाईरस महामारीलाई मध्यनजर गरी कतिपय अस्पतालहरु वन्द गरीएको छ ।
तर रुकुम पश्चिमको चौरजहारी अस्पतालमा भने नेपाल सरकारले लक डाउनको आदेश जारी गरेको दिन यता विभिन्न प्रकृतिका साढे १२ हजार विरामीले उपचार सेवा लिएका छन ।
रुकुम सल्यान र जाजरकोट जिल्ला वाट आएका विभिन्न प्रकृतिका समस्या भएका विरामीहरुले अस्पताल वाट स्वास्थ्य सेवा लिएका हुन ।
अस्पतालमा आकास्मिक सेवा अन्तरंग र वहिरंग सेवा लिने विरामीको संख्या १२ हजार ८ सय ५४ पुगेको अस्पतालका प्रशासक डिल वहादुर गिरीले जानकारी दिनुभयो ।
अस्पतालमा १६६ जना महिलाहरुले प्रसुति सेवा ९सय ७४ जनाले आकास्मिक सेवा २ सय शिशुहरुले खोप सेवा लिएका छन ।
भने ३ सय ११ जनाको शल्यक्रिया गरीएको अस्पतालले वताएको छ । एपेन्डिसाईटीस सिसेक्सन र अन्य सामान्य तथा जटिल समस्या भएका विरामीहरुको शल्यक्रिया गरीएको अस्पतालका मेडिकल डाईरेक्टर कालेव वढाले वताउनुभयो । हाडजोर्जी,उच्चरक्त चाप,पेट दुख्ने ,नाक कान घाँटी,महिलाहरुको तल्लो पेट दुख्ने,लगाएतका समस्या भएका ६ हजार २ सय ८३ जना विरामीहरुले ओपिडी सेवा लिएको डाक्टर वुढाले जानकारी दिएका छन् ।
अस्पतालको अन्तरंग वार्डमा भर्ना भएर ७ सय २३ जना विरामीहरुले उपचार सेवा लिएका छन । भने अस्पतालले स्थापना गरेको हेल्थ डेष्कमा ४ हजार १ सय ९७ जनाको स्वास्थ्य परिक्षण तथा उपचार सेवा प्रदान गरीएको वताईएको छ ।
पछिल्लो समयमा अस्पतालमा उपचार सेवा लिन आउने विरामीहरुको संख्यामा वृद्ध भएको छ । अस्पतालमा दैनिक १ सय भन्दा वढी विरामीहरु आउने गरेका छन
। अस्पतालले कोभिड १९ को महामारीलाई ध्यानमा राखी जटिल प्रकृतिका विरामीहरु मात्र अस्पतालमा आउन सुचना जारी गरेको भएपनि उक्त सुचनाको वेवास्ता गर्दै अस्पतालमा आउने विरामीहरुको संख्यामा वृद्धि भएको अस्पतालका प्रशासक गिरीले वताए ।
अस्पतालमा उपचार सेवा लिन आउने विरामीहरुको भौतिक दुरीकायम गरी उपचार सेवा प्रदान गर्दै आईरहेको उनको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *