दैलेखमा तनाव : भारतबाट आएका क्वारेन्टिनबाटै भागे
१९ जेठ, काठमाडौं । दैलेख सदरमुकामस्थित एक क्वारेन्टिनमा रहेका नागरिकहरु भागेका छन् । नारायण नगरपालिकाको नारायण क्याम्पसमा राखिएका नागरिकहरु सोमबार भागेका हुन् ।
१०५ जनाको क्षमता भएको क्याम्पसमा भारतबाट आएका २१९ जनालाई राखिएको थियो । कोरोना संक्रमितलाई पनि दुई दिनदेखि सँगै राखेपछि उनीहरु भागेका हुन् ।
यता प्रहरीले भने भाग्न खोज्नेलाई पुन: क्वारेन्टिनमै राखिएको बताएको छ ।
दैलेखमा मजदुरीको लागि भारत गएका नागरिकहरु ठूलो संख्यामा भित्रिएका छन् । हाल नारायण नगरपालिकामा मात्रै १४ सय बढी नागरिक रहेका छन् । भारतबाट आउने क्रम नरोकिएकोले व्यवस्थापनमा कठिनाइ भएको मेयर रत्नबहादुर खड्काको भनाइ छ।

