जिल्ला अस्पतालले पायाे एम्बुलेन्स चालक, जनताहरुमा सेवा प्रवाह

बिक्रम परियार

रुकुम पुर्ब । २०७७ बैशाख १८ बिहीबार रुकुम पुर्बकाे जिल्ला अस्पतालमा बैशाख ५ गते प्रदेश नं. ५ सामाजिक बिकास मन्त्रालयबाट जिल्लामा हस्तान्तरण गरिएको थियो । केही समय अघि बिवादमा परेकाे एम्बुलेन्सले अहिले निरन्तरता पाएकाे छ । याे भन्दा पहिले भने जिल्लाले चालक पाएकाे थिएन जनताहरुलाई तत्कालै सेवा प्रवाहकाे लागि सशस्त्र प्रहरी रुकुम पुर्बका एकजना हवल्दारले चालककाे रुपमा काम चलाइरहेको जिल्ला अस्पताल रुकुम पुर्बका सुचना अधिकारी प्रेम प्रशाद उपाध्यायले जानकारी दिनुभएको छ ।

जिल्ला अस्पतालले बैशाख १० गते देखि १७ गतेसम्म १ जना एम्बुलेन्स चालककाे लागि दरखास्त अाह्वान गरिएको थियो । भने फाराम भरेका ५ जना मध्ये २ अनुपस्थित भइ ३ जना प्रतिस्पर्धि मध्ये एक जना सिस्ने ६ रुकुमकाेट छिप्रिदह निवासि नारायण श्रेष्ठलाई छनाेट गरिएको जिल्ला अस्पतालले जनाएको छ । अहिले जनतालाई तत्कालै सेवा प्रवाहकाे लागि रुकुम पुर्बका प्रजिअ माेहन प्रसाद अर्यालकाे संयाेजकत्वमा तदर्स समितिद्वारा काम चलाइएकाे र ५ नं . प्रदेशकाे सामाजिक बिकास मन्त्रालयले जिल्लामा एम्बुलेन्स सन्चालक कार्यसमिति ताेकिने भनी जिल्ला अस्पताल प्रमुख बद्रि बैदवारले बताउनुभएको छ ।

उहाँका अनुसार अहिलेसम्म जिल्लाकाे एम्बुलेन्सले सेवाग्राहीबाट ताेकिएकाे भाडादर नलिए पनि पेट्रोल खर्च र सेवाग्राहीकाे इच्छाअनुसार रकम लिएकाे जनाइएको छ । अहिले अाएकाे एम्बुलेन्स जिल्ला अस्पतालकाे मात्रै नभएर समग्र जिल्लाका सबै निकायकाे र जनताहरुकाे अधिकार रहने जिल्ला अस्पताल रुकुम पुर्बले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *