चालकविहिन एम्बुलेन्स बिरामीलाई सास्ती
बिक्रम परियार रुकुम पुर्ब
शुक्रवार अर्थात बैशाख १२ गते सिस्ने ५ रुकुमकोट निवासी लोकबहादुर बुढाथोकी सिकिस्त बिरामी भए । देश लकडाउन भएका कारण गाडि मोटर केही चल्थेन । उनलाई अस्पतालसम्म लैजान सिस्ने ( ५ रुमालबारा निवासी प्रकाश नेपालीले जिल्ला अस्पतालमा फोन गरेर एम्बुलेन्स खोज्दा एम्बुलेन्स भेटियो । तर चालक नहँुदा उम्बुलेन्सले कुनै काम गरेन ।
जिल्ला अस्पतालमा एम्बुलेन्स भएपनि रुकुम पूर्वको रुकुमकोटमा एम्बुलेन्स चलेको छैन् ।
जिल्लाको लागि एम्बुलेन्स सामाजिक बिकास मन्त्रालय प्रदेश नं.५ बाट प्रदेश शभा सदस्यहरुको पहलमा एम्बुलेन्स ल्याएपछि खुसी भएका स्थानीय विरामी हुँदा भने चढ्न नपाएसँगै दखी भएका छन् ।
प्रदेश सरकारले जिल्ला अस्पतालको लागि एम्बुलेन्स प्रदान गरेपनि जिल्ला अस्पतालले अझै पाएको छैन् । एम्बुलेन्स बैशाख ५ गते जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वमा प्रदेश शभा सदस्य माननिय तेजबहादुर वलि र आशा स्वर्णकारले जिल्ला प्रशासन कार्यालयमा हस्तान्तरण गरेका थिए । जिल्ला अस्पतालमा दिईएको एम्बुलेन्स अहिले जिल्लाको सशस्त्र प्रहरीले एम्बुलेन्स चलाइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । अहिले जिल्लामा ल्याइएको एम्बुलेन्स मध्यपहाडि लोकमार्गको बाटोमा प्रयोग गरिए पनि ग्रामिन भेगका चल्दैन् ।
कच्चि बाटोमा एम्बुलेन्सको प्रयोग हुन समस्या भएको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी मोहनप्रशाद अर्यालले बताए । जिल्लामा एम्बुलेन्स चालकको लागि जिल्ला अस्पताल रुकुम पूर्बले बैशाख १७ गते सम्मको लागि दरखास्त आब्हान गरिएको जिल्ला अस्पताल रुकुम पूर्बले जनाएको छ ।

