दाङमा दुर्घटना हुँदा गाउँपालिकाका अधिकृतको मृत्यु

दाङमा यात्रुवहाक बस र मोटरसाइकल एक आपसमा ठोक्किदा एक ब्यक्तिको मृत्यु भएको छ, भने चार जना घाइते भएका छन् । काठमाण्डौबाट दाङ आउदै गरेको बा ६ ख ३९६७ नम्मबरको बस र लमहीबाट पूर्व तर्फ जाँदै गरेको रा १ ब ८१८ नम्बरको मोटरसाइकल गढ्वा गाउपालिका वडा नं. १ कालाकाटेमा ठोक्किदा दुर्घटना भएको हो ।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाका अनुसार रोल्पाको गंगादेव गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश पुन रहेका छन् । उनको घर रुकुम त्रिबेणी गाउँपालिका २ खारा रहेको प्रहरीले बताएको छ ।

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका ५ का २५ बर्षीय अजय कवर, सोही ठाउँका रमेश ओली,दङिशरण गाउँपालिका २ का २४ बर्षीय सन्ध्या ओली र बर्दिया बासगढी नगरपालिका ६ का १८ बर्षीय कृष्ण चौधरी रहेका छन ।

घाइतेहरुको अहिले लमही अस्पतालमा उपचार भईरहेको छ । घाइते मध्ये रमेसको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ । बस सडक देखि तल खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *