विपन्न तथा गरिव परिबारलाई निशुल्क खाद्यान्न ढुवानी
चैत १९ रुकुम । बिपन्न तथा गरिब परिवारलाई निशुल्क ढुवानीकाे व्यवस्था गरिएकाे छ । नेपाली काँग्रेस अाठबिसकाेट नगरपालिका कार्य समितिकाे पहलमा नगरक्षेत्र भित्रका गरिव तथा बिपन्न परिबारलाई निशुल्क ढुवानी गरिएकाे अाठबिसकाेट नगरपालिकाका सभापति कमल शाहले जानकारी दिएका छन् । नेपाली कांग्रेस अाठबिसकाेट नगरपालिकाका सह सभापति प्रेमबहादुर चन्दकाे ६१० नम्बरकाे गाडिले विपन्न परिबारकाे अत्यावश्यकीय सामाग्री ढुवानी गरिएकाे जनाएकाे छ । बुधबार अाठबिसकाेट नगरपालिका १३ का १८ घरपरिवारलाई अाठविसकाेट राडिबजारबाट सामाग्री ढुवानी गरेकाे थियाे । त्यस्तै अाठबिसकाेट नगरपालीका ७ का दाजेका ७ परिबारकाे पनि खाद्यान्न ढुवानि गरेकाे जनाएकाे छ । नेपाल सरकारले काेराेना भाइरसकाे जाेखीम बढेकाे भन्दै लकडाउन गरेपछि गरिव तथा विपन्न परिबारमा खाद्यान्न अभाव देखिएकाे थियाे । घरसम्मै निशुल्क खाद्यान्न सामाग्री ढुवानी भएपछि स्थानीय खुसी भएका छन् । त्यस्तै लकडाउनकाे समयमा गर्भवति,सुत्केरी र लडेका बिरामिलाई समेत निशुल्क उद्दार गरि अस्पताल सम्म समेत पुर्याउने गरेकाे अाठबिसकाेट नगरपालीकाका नगर सह- सभापति प्रेमबहादुर चन्दले जानकारी दिएका छन् ।

