होटेललाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न आग्रह

रेखदेख संवददाता । रुकुमका एक होटेल व्यवसायीले आफ्नो होटेललाई आवश्यक परेमा क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने गरी व्यवस्था मिलाएको जनाएका छन् । मुसीकोट नगरपालिका १ त्रिवेणी चोकमा रहेको होटेल शिशिर बसन्त भ्यूका सञ्चालक धनबहादुर खड्का बसन्तले आवश्यक परेमा आफ्नो होटेललाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।
विश्वमा महामारीको रुपमा फैलिएको कोराना भाइरस (कोभिड १९) नेपाल लगायत विश्वमा सन्त्रास फैलिरहेको अवस्थामा रोग नियन्त्रणको लागि होटेललाई क्वारेन्टाइनको रुपमा प्रयो गर्न जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम, मुसीकोट नगरपालिका, जिल्ला सवास्थ्य कार्यालयलाई बोधार्थ दिदै सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । उक्त होटेलमा १५ वेड रहेका छन् । आवश्यक परेमा उक्त होटेलमा १५ बेड क्वारेन्टाइनको रुपमा अगाडि बढाउने प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *