नेपाली कांग्रेस रुकुमको क्रियाशिल वितरण कार्यक्रम स्थगित

रेखदेख संवाददाता ।
चैत ८, रुकुम ।
नेपाली कांग्रेस रुकुम पश्चिमले नयाँ क्रियाशिल वितरण र क्रियाशिल सदस्यता नविकरण गर्ने कार्यक्रम स्थगित गरेको छ । नेपाली कांग्रेस रुकमु पश्चिमका सभापति प्रेम प्रकाश ओलीले समाजिक सञ्जाल फेसबुकबाट सूचना जारी गदै क्रियाशिल वितरण गर्ने कार्यक्रम स्थगित गरेको जानकारी गराएका छन् ।
्विश्वभरी कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिरहेको विद्यमान अवस्थालाई मध्यनजर गरी नेपाल सरकारले चैत ५ गते सूचना जारी गरी मुलुकभित्र कुनै पनि सभा, सम्मेलन र कार्यक्रम नगर्न सार्वजनिक स्थलमा २५ जना भन्दा वढी भेला हुन रोक लगाएको भन्दै अर्को सूचना जारी नभएसम्मको लागि रुकुम पश्चिमका ६ वटै स्थानीय तहमा तय गरिएको नयाँ क्रिाशिल वितरण कार्यक्रम स्थगित गरिएको नेपाली कांग्रेसका सभापति ओलीले जानकारी दिएका छन् ।

उनले सार्वैजनिक गरेको सूचनामा सम्पूर्ण रुकुमेली दाजुभाई दिदि बहिनीमा कोराना भाइरसबाट आफू बचौं र अरुलाई बचाऔ भन्ने सन्देश प्रबाह गर्न गरेका छन् । यसअघि भएको नेपाली कांग्रेस रुकुमको बैठकले रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा चैत ८ गते, सानीभेरी गाउँपालिकामा चैत ९ गते, चौरजहारी नगरपालिकामा चैत १० गते र ११ गते आठविसकोट नगरपालिकामा कांग्रेसको विशेष भेला हुने जनाएको थियो । त्यस्तै चैत १२ गते बाँफीकोट गाउँपालिका र १७ मुसीकोट नगरपालिकामा कार्यक्रम तय गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *