कोरोना भाइरस बिरुद्ध समाजवादी पार्टी नेपालको सरसफाई तथा सचेतना कार्यक्रम

बिक्रम परियार
रुकुम पुर्ब
२०७६ चैत १० सोमबार सिस्ने गाँउपालिका वडा नं ६ छिप्रिदहमा पर्ने लुष्पाधाराको स्थानमा समाजवादी पार्टी नेपाल रुकुम पूर्वले सरसफाइ गरेको छ । बिश्वभरि महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस बिरुद्ध र समाजवादी पार्टी नेपालको संगठन बिस्तार र सुदृढ अभियान अन्तर्गत रुकुम पुर्बले सचेतनामुलक सरसफाइ कार्यक्रम थालेको कुरा समाजवादि पार्टि रुकुम पूर्बका अध्यक्ष राखिमान घर्तीले जानकारी दिएबा छन् । सरसफाइ र मानव सभ्यता समन्धि सचेतनामुक नाराहरु लेखेको होर्डिङ बोर्ड सहितको फोहोर राख्ने दुईवटा डस्विनसंगै पार्टिको चुनाव चिन्ह अकिंत झन्डा राखेर समाजवादी पार्टिका केन्द्रीय सदस्य उपेन्द्रलाल कामीले सार्वजनिक सम्पतिको संरक्षण गर्न स्थानीयबासिहरु आफै अग्रसर हुनुपर्ने बताए ।
पार्टिको संगठन बिस्तार र सुदृढ अभियानलाई सृजनात्म ढंगले अगाडि बढाउने उद्देश्यले सरसफाइ समन्धि सचेतनामुलक कार्यक्रम गरेको थियो । कार्यक्रममा समाजबादी रुकुम पूर्बका उपाध्यक्ष सतमान पुन , जिल्ला सचिवालय सदस्य बलबहादुर छिनाल, लगाएतका स्थानीय बुद्धिजीवी र युवाहरुको सक्रिय सहभागी रहेको समाजवादी पार्टिका जिल्ला अध्यक्ष राखिमान घर्तीले जानकारी दिएका छन् ।
अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउन सबै पक्षहरुसंग समन्वय र सहकार्य गर्दै अगाडि बढने तथा सामाजिक बिकृति र बिसंगतिका बिरुद्ध बैचारिक सङ्घर्षलाई पनि ससक्त रुपले अगाडि बढाउने अध्यक्ष घर्तीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *