मुसीकोट नगरपालिकाको छैटौं नगरसभा शुरु
धनकुमार शाही
रुकुम (पश्चिम) २९ फाल्गुण । जिल्लाको मुसीकोट नगरपालीकाको छैटौं नगर सभा शुरु भएको छ । नगरपालिकाको वडा नम्बर ५ सेरीगाउँमा रहेको शहिद प्रतिष्ठानको सभाहलमा बिहीबार नगर सभा सुरु भएको हो । नगर सभामा पहिलो दिन कर्णाली प्रदेश सभा सदस्य रातो कामी, देवी ओली र जिल्ला समन्वय
समितिका प्रमुख राजकुमार शर्माले बिभिन्न सुझाव सहितको शुभकामना राखेको जनाएको छ । त्यसैगरि प्रतिनीधि सभा सदस्य एबं पूर्ब गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले पनि भिडियो सन्देश मार्फत नगर सभाको सफलताको शुभकामना दिएका छन् ।
दुइदिन सम्म चल्ने नगर सभामा बिभिन्न कार्यविधि पारित गर्ने नगरपालिकाले जानकारी दिएको छ । नगर सभाका अध्यक्ष एबं नगर प्रमुख देबीलाल गौतमले नगर सभाका लागि बिभिन्न प्रस्ताव पेश गरेको जनाएको छ ।
भने उक्त प्रस्तावका बिषयमा बिहीबार ३ जना नगर सभाका सदस्यले आफ्ना कुराहरु राख्नु भएको बताइएको छ । बाँकी बोल्न चाहाने सदस्यलाइ शुक्रबार बोल्ने मौका दिने र सभामा उठेका सबै बिषयबस्तुमा गम्भीर छलफल गरि शुक्रबार प्रस्तावित सबै बिषयबस्तु पारित गरिने आयोजकले जनाएको छ । कर्णाली प्रदेश सभा सदस्य रातो कामी, देवी ओली, जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्मा, बिभिन्न मिडियामा आबद्ध पत्रकार लगायतको आतिथ्यता रहेको नगर सभा शुक्रबार नै सम्पन्न हुने बताइएको छ ।

