बसाई अमेरिका, मन गाउँमै
फागुन २९ रुकुम (रेखदेख) ।
सहयोग गर्नु त गाउँमै गर्नु पर्छ भन्ने भनाई यहाँका एक युवाले चरितार्थ गरेका छन । पछिल्लोपटक जनबिकास मा.वि.ज्यामिरकोट रुकुम पश्चिमलाई एकपछि अर्का मनकारी दाताले सहयोग गर्दै आएका छन् ।
यसैबिच जनबिकास माध्यामिक विद्यालयमा आठविसकोट नगरपालिका १४ का युवा हाल अमेरिका निवासी जलन मल्लले बिद्यालयलाइ करिव २० हजार बराबरको नयाँ दराज र पाच हजार बराबरका पुस्तक उपहार स्वरुप प्रदान गरेका छन् ।
यस्तै युवाहरुको नयाँ सोचले बिद्यालय र सभ्य समाज निर्माण गर्न प्रेरणा मिल्ने प्रधानाध्यापक दिपक सङगम थापाले बताएका छन् ।
सहयोग गर्ने मनकारी दातालाइ बिद्यालयको तर्फबाट प्रधानाध्यपक थापाले धन्यवाद दिएका छन् । साथै आगामी दिनमा समेत सहयोग अपेक्षा रहेको जानकारी गराएका छन् ।

