रुकुम पश्चिममा १३३२ नयाँ क्रियाशिल सदस्यता बाड्ने कांग्रेसको निर्णय

रेखदेख संवाददाता (मुसीकोट
नेपाली कांग्रेस रुकुमको बैठक सम्पन्न गरिएको छ । फागुन २७ गते नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठक सम्पन्न गरिएको हो । बैठकले नेपाली कांग्रेसको १४ औं महधिवेशनलाई लक्षित गरी रुकुम पश्चिमको ६ वटै स्थनीय तहका क्रिायशिल सदस्यहरुको नविकरण र नयाँ क्रियाशिल सदस्य वितरण गर्ने निर्णय गरेको छ ।

जस अनुसार रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा चैत ८ गते, सानीभेरी गाउँपालिकामा चैत ९ गते, चौरजहारी नगरपालिकामा चैत १० गते र ११ गते आठविसकोट नगरपालिकामा कांग्रेसको विशेष भेला हुने भएको छ ।

त्यस्तै चैत १२ गते बाँफीकोट गाउँपालिका र १७ मुसीकोट नगरपालिकामा कार्यक्रम हुने नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले जानकारी दिएका छन् । उनका अनुसार क्रियाशिल सदस्य नविकरण र वितरणमा नेपाली कांग्रेस रुकुमका पदाधिकारी, महाधिवेशन प्रतिनिधी, भातृसंगठनका प्रमुखहरु वडा वडामा खटीएर नयाँ क्रिायशिल सदस्यता वितरण गरिने छ । रुकुम पश्चिममा नेपाली कांग्रेसका २६६४ जना क्रियाशिल सदस्य रहेका छन् ।

भने १३३२ नयाँ क्रियाशिल सदस्यता वितरण गरिने नेपाली कांग्रेस रुकुमले जानकारी दिएको छ । बैठकले नेपाली कांग्रेसको भवन निर्माणलाई समेत तिव्र गतिमा अगाडि वढाउने निर्णय गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *