हवाईफायर गरेर ५ किलोग्राम अफिम सहित एक जना पक्राउ
रेखदेख संवाददाता ।
पाँच किलोग्राम लागु औषध अफिम सहित एक जना पक्राउ परेका छन् । रुकुम (पश्चिम) को बाँफीकोट गाउँपालि वडा नं. ७ नदुवा बाट ४ किलो ९ सय ग्राम अफिम सहित एक जना पक्राउ परेका हुन् ।
रुकुम पश्चिम सानीभेरी गा.पा. वडा नं. ५ गोलचौर बस्ने बर्ष ३२ को रन्जीत खत्रीले साथमा सामान बोकी शंकास्पद रुपमा हिडिरहेको अवस्थामा फेला पारी निजलाई रोकी सोधपुछ गर्ने क्रममा निजले भाग्न खोजेपछि प्रहरीले हवाईफयार गरेर पक्राउ गरेको छ ।
प्रहरीले सानो हतियार .७७ mm (पेस्तोल ) बाट १ ( एक ) राउण्ड हवाई फायर गरी तत्काल नियन्त्रणमा लिई शरिर खानतलासी गर्दै जाँदा निजले साथमा बोकेको हरियो रंगको प्लाष्टिकको पोलिथिन भित्र लुकाई छिपाई राखेको कालो खैरो रंगको अर्ध ठोस पदार्थ अबैध लागुऔषध अफिम फेला पारेको हो ।
नाप तौल गर्दा ४ के.जि. ९०० ग्राम परिमाणको अफिम सहित निज प्रतिबादीलाई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख सुमित खड्काले जनाए । उनको साथबाट स्प्रिङ तराजु एक थान र लाभा मोवाईल एन थान वरामत गरेको जनाएको छ ।

