वडा कार्यालय तोडफोड गरेको आरोपमा तीन जना पक्राउ
रेखदेख संवाददाता ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नं. १४ को वडा कार्यालय तोडफोड गरिएको छ । वडा कार्यालय तोडफोड गरेको आरोपमा तीज जना पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा आठविसकोट नगरपालिका १४ का २१ वर्षिय विश्वास मल्ल, २१ वर्षिय दिपक भनिने दिपक चन्द र १ढ वर्षिय तिलक मल्ल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख सुमित खड्काले बताए ।
उनका अनुसार विशेष सुराकीको आरोपमा तीन जना अभियुक्तलाई पक्राउ गरिएको हो । पक्राउ परेका तीन जनालाई थप अनुसन्धान भैइरहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

