रुकुम पश्चिममा नेपाल जनजाती महासंघको समान्तर कमिटी
रेखदेख सवाददाता । रुकुममा नेपाल जनजाती महासंघको समान्नतर कमिटी गठन गरिएको छ । रुकुम पश्चिममा मनवीर घर्तिको अध्यक्षतमा १४ सदस्यीय र टेकबहादुर पुनको अध्यक्षतमा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । भदौ ५ गते भएको तेस्रो जिल्ला अधिवेशनबाट एक पक्षीय रुपमा मनविर घर्तिको अध्यक्षतमा नयाँ कार्य समिति गठन गरिएपछि टेक वबहादुर पुनको अध्यक्षतामा अर्को समिति गठन गरिएको जनाएको छ ।
विशेषगरी नेपाल आदीवासी जनजाती महासंघ रुकुमलाई नेकपाको भातृसंठगन बनाउन खोजेपछि नेपाली कांग्रेस र समाजवादी पार्टी नेपालसँग आस्था राख्ने जनजातीहरुले अर्को समिति गठन गरेको टेक बहादुर पुनले बताए । उता मनविर घर्तिका अनुसार सहमतीबाट बाहिरिएर कमिटी गठन गर्नुको कुनै तुक नभएको बताए ।
मनवीर घर्ति अध्यक्ष रहेको समिति मनवीर घर्ति (अध्यक्ष),खिमा गुरुङ (महिला उपाध्यक्ष ), शक्तिकुमार पुन (सचिव), भुपालसिंह वुढा (सहसचिव), मनकाुरी विष्ट (कोषाध्यक्ष), सदस्यमा ९ जना रहेका छन् । सदस्यहरुमा अलबहादुर पुन,भद्रबहादुर घर्ति, नन्दराम बाँठा, भरत पुन, कृपलाल घर्ति, बमबहादुर घर्ति,चन्द्रा पुन, शेरबहादुर पुन र प्रविर घर्ति रहेका छन् ।
त्यस्तै टेकबहादुर पुनको अध्यक्षतामा गठन गरेको नेपाल जनजाती महासंघ रुकुमको कार्यसमिति
टेकबहादुर पुन (अध्यक्ष),टीका राना उपाध्यक्ष, टीकाराम कुमाल (उपाध्यक्ष) , भुवन पुन मगर (उपाध्यक्ष) लोकमान पुनमगर (सचिव), चन्द्रबहादुर घर्ति (सह सचिव) र कृष्णा श्रेष्ठ (कोषाध्यक्ष) चयन भएकी छिन् ।
त्यस्तै सदस्यहरुमा अर्जुन श्रेठ सदस्य,सोविराम पुन, जर्नादन घर्ति, मधु पुन,जोखबहादुर पुन, झुपी पुन, नैना पुन र चन्द्रमणी गुरुङ रहेका छन् ।

