रुकुम पूर्वका विद्यालयमा ई-लाईबेरी र पुस्तकालय

बिक्रम परियार रुकुमकोट । रुकुम (पुर्ब) एक विद्यालयमा ई-लाईबेरी सञ्चालन भएको छ । रुकुम पूर्वको सिस्ने गाँउपालिका ५ रुकुमकोट रुमालवाराको कोट माध्यमिक बिद्यालयमा पुस्तकालय ई-लाईबेरीको स्थापना गरिएको हो । सिस्ने गाउँपालिकाको आर्थिक वर्ष २०७५÷०७६ को रु.६ लाख ५० हजारको लागत अनुदानमा १७ वटा कम्युटरहरु खरिद गरी ई-लाईबेरीको स्थापना गरिएको छ ।

यस विद्यालयमा जम्मा २० वटा कम्युटर खरिद गरी सञ्चालनमा रहेका छन । ई-लाईबेरीकोे स्थापना भएसंगै विद्यालयमा पठनपाठन गर्न सजिलो भएको शिक्षक कुलप्रसाद नेपालीले जनाए । उनले भने, कम्युटर प्रणालीबाट विद्यार्थीहरुलाई पठन पाठन गर्दा विद्यार्थीहरु रमाई रमाई गर्ने गरेका छन् । विद्यालयमा कम्युटर प्रणाली मार्फत पठनपाठ गर्दा विद्यार्थीको पढाई सुधार भएको अबिभावक बताउँछन् ।

ई(लाईबेरीसँगै यसै बिद्यालयमा पुस्तकालय समेत स्थापना गरिएको छ । विद्यार्थीहरुलाई पठन पाठनमा सहयोग पु¥याउने उद्देश्यले पुस्तकालयको स्थापना गरीएको वि.व्य.स.का अध्यक्ष सुर्यबहादुर नेपालीले बताए । उनका अनुसार पुस्तकालय स्थापनाका लागि प्रदेश नम्बर ५ बुटवल शिक्षा मन्त्रालयले अनुदानमा भएको हो । प्रदेश ५ शिक्षा मन्त्रालयको रु. ३ लाख रुपैयाँको लगानीमा पुस्तकालय निर्माण गरिएको छ । विद्यालयमा जिल्ला शिक्षा कार्यालयको रु. ३६ लाख रुपैयाँको सहयोगमा ४ कोठे भवन समेत निर्माण गरिएको छ ।

यस विद्यालयमा पुस्तकालयको उद्घाटन सिस्ने गाँउपालिका अध्यक्ष कुमारी वराल, रुकुम पुर्बका जिल्ला समन्वय समिति प्रमुख गजेन्द्र बहादुर ओली, त्रिभुवन बिश्व बिद्यालयका प्राध्यापक डा. पुष्पलाल पोख्रेलले गरेका थिए । यसअघि रुकुम पूर्वको सिस्ने ५ रुक्मेणी माध्यामिक बिद्यालयमा र सिस्ने ६ नम्बर वडा छिप्रिदहमा रहेको त्रिभुवन जनता माध्यमिक बिद्यालयमा पनि ई-लाईबेरी सञ्चालन थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *