त्रिवेणीमा स्वास्थ्य शिबिर सम्पन्न

रेखदेख संवाददाता
असोज १३, रुकुम ।
रुकुम पश्चिमको त्रिवेणीमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुमको आर्थिक तथा प्राबिधिक सहयोग र जिल्ला अस्पताल रुकुम पश्चिमको समन्वय तथा त्रिबेणी गाउपालिका रुकुम पश्चिम स्थित मुरु स्वास्थ्य चौकी र सिम्रतु स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर भएको हो ।
असोज ९, १०, ११ र १२ गते निशुल्क स्वास्थ्य शिविर भएको जनाएको छ । स्वास्थ्य शिविरमा मधुमेह तथा एच.आइ.भि. परिक्षण शिविर गरिएको थियो ।
उक्त शिविरबाट २५३ जनाले प्रत्यक्ष लाभाम्बित छन् । शिविरमा २५३ जनाले मधुमेह परिक्षण तथा ११९ जनाले एच.आइ.भि. परिक्षण गरिएको छ ।
उक्त परिक्षणमा २२ जना मधुमेह बिरामीहरु देखिएका छन् । भने आईआइभि भने कसैमा देखिएको छैन् । स्वास्थ्य परिक्षणमा गम्बीर देखिएका विरामीहरुलाई थप उपचारको लागि जिल्ला अस्पताल सल्लेमा पठाइएको छ ।
यसैगरी स्वास्थ्यचौकी बाट नियमित मधुमेह परिक्षणको लागि, परिक्षण मेसिन दुवै स्वास्थ्यचौकीलाई नेपाल रेडक्रस सोसाइटीले प्रदान गरेको छ । यसैगरी मिति २०७६÷०६÷१२ गतेका दिन बिश्व मुटु रोग दिवसलाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटीको प्राबिधिक सहयोग तथा सिम्रतु स्वास्थ्य चौकीको आयोजनामा, सिम्रतु स्वास्थ्यचौकिमा एक दिने रक्तचाप परिक्षण कार्यक्रम समेत गरिएको थियो । जसबाट १२९ जनाले स्वास्थ्य परिक्षण गराएको नेपाल रेडक्रश सोसाईटी रुकुमका प्रमुख सुमन ज्ञवालीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *