विप्लव नेतृत्वको विद्यार्थीको निशानामा विद्यालय

रेखदेख संवाददाता ।
नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियुन रुकुम पश्चिमले संयुक्त विज्ञप्ती जारी गरेको छ ।
बुधबार जिल्ला सदरमुकाम खंलगा स्थित वालमन्दिर हलमा पत्रकार सम्मेलन गरी रुकुमको शिक्षा क्षेत्रमा रहेका विकृति हटाउन पहल गर्ने जनाएका छन् । अखिल (क्रान्तिकारी ) रुकुम पश्चिमका संयोजक प्रेम प्रशान्त बोहरा र समाजवादी विद्यार्थी युनियन रुकुमका संयोजक नवराज वुढाले हस्ताक्षर विज्ञप्तीमा रुकुम जिल्लाको सामुदायिक र संस्थागत विद्यालयहरु भएका विकृति र विसंगतीहरुलाई उजागर गरिएको छ ।
रुकुम जिल्लाका शैक्षिक संस्थाहरुले विद्यार्थीहरुबाट चर्को शुल्क अशुल्ने गरेको, अबैध शैक्षिक संस्था सञ्चालन गरी विद्यार्थीहरुमा अन्याय गरेको, प्राविधिक शिक्षाको नाममा मनपरी शुल्क अशुल्ने गरेको लगायतका १४ बुदे माग विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसका साथैे जिल्ला स्थित शैक्षिक संस्थाहरुले शैक्षिक सत्र २०७६ मा वृद्धि गरेको सम्पूर्ण शुल्क तत्काल खारेज गर्नुपर्ने, लिइएको शुल्क फिर्ता गर्नुपर्ने र प्रक्रिया पुरा नगरी व्यापारको निम्ति खोलिएका प्राविधिक शिक्षालय बन्द गर्नुपर्ने माग राखेको छ । त्यस्तै विद्यालयले कक्षा उतिर्ण गरेको प्रमाणपत्र वितरण गर्दा परीक्षा बोर्डले तोकेको भन्दा बढी रकम नलिन, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत प्राविधिक शिक्षा अध्यापन गराइरहेका सामुदायिक बिद्यालयले शुल्कमा एकरुपता ल्याउन, बैज्ञानिक शुल्क निर्धारण गर्न, कक्षा ११ र १२ मा लिइएको सम्पूर्ण भर्ना शुल्क र मासिक शुल्क खारेज गर्न समेत माग गरिएको छ ।
विशेषगरी निजी शैक्षिक संस्थाहरुले विभिन्न शीर्षकमा मच्चाइरहेको लुट तत्काल बन्द गर्न र शैक्षिक संस्थाले नियम अनुसार विद्यार्थीलाई दिनुपर्ने छात्रवृत्ति वितरण गरिएका विद्यार्र्थीहरुको नामावली सार्वजनिक गर्नुपर्ने संगठनका अखिल क्रान्तिकारीका संयोजक प्रेश प्रशान्त बोहराले जानकारी दिएका छन् । माग पत्रमा संघर्षका कार्यक्रहरु पनि तय गरिएको छ । २५ गते पत्रकार सम्मेलन, २६ र २७ गते पर्चा वितरण, २८ गते सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउने, २९ गते प्रश्नपत्र बुझाउने ३० गते सरोकारवालासँग छलफल र ३१ गते जिल्ला सभा गर्ने विज्ञप्तीमा उल्लेख गरेको छ ।
विप्लव नेतृत्वको विद्यार्थीहरुले शिक्षा क्षेत्रको सुधारको कुरा उठाउदा चन्दासँग जोडेर विषय तोड्मोड भएको भन्दै विद्यालयबाट कुनैपनि चन्दा नलिने संयोजक बाहेराले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *