जीपसँगै बगेका चालकको जिवितै उद्दार
रेखदेख संवाददाता ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका १ र २ को सिमानामा पर्ने कुमाखोलामा जीप दुर्घटना भएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालीका–९ पोखराबाट रुकुम पश्चिमको बाँफिकोट गाउँपालीका २ पिपल तिर फर्केको लु १ ज ४११५ नम्बरको जीप दुर्घटनामा परेको हो ।
पुर्वी रुकुम यातायात प्रालिकाे जिप बिच बाटोमा पर्ने कुमाखोलामा आएको बाढीले एकासी बगाएको हाे । वाढीले बगाउदा रुकुम पुर्वकाे गाडी गाडी चालक रुकुम पूर्व सिस्ने गाउँपालिका–३ का २५ वर्षीया सुनिल विकलाई तत्कालै प्रहरीले सकुशल उद्धार गरेको प्रहरीले जानकारी दिएको छ।
गाडीमा अन्य यात्रु नभएकोले मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन् ।

