जुवा खेल्ने ५ जना पक्राउ

रेखदेख संवाददाता
भदौ, २७, त्रिवेणी ।
रुकुममा जुवा खेल्ने ५ जना पक्राउ परेका छन् । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतु बजारबाट जुवा खेल्ने ५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख सुमित खड्काले बताए । उनले भने, सिम्रुतु बजार स्थित चन्द होटेलमा जुवा तास खेलिरहेको भन्ने सूचनाका आधारमा प्र.ना.नि सुनिश शाहको नेतृत्वको टोलीले चित्रबाहदुर वुढोकी सहित ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका २ सिम्रुतु बजारकै चित्र बहादुर वुढाथोकी, टोपबहादुर घर्ति, तेजबहादुर चन्द वडा नं. ६ का भुपेन्द्र विष्ट, मुसीकोट नगरपालिका २ का प्रेमबहादुर पुन लगायत पक्राउ परेका हुन् । उनका साथबाट नगत १९ हजार ६ सय ५० तीन गड्डी तास, कम्वल लगायतका सामाग्री वरामत गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *