चर्काे राजनीति विबादः एउटै बिद्यालय दुईठाउँमा सञ्चालन

दिलमाया शाही
रेखदेख स‌वाददाता । जुम्ला हिमा गाउँपालिका ७ बाँझागाडमा रहेको रुपाकोट आधारभुत विद्यालय दुई भागमा विभाजन भएको छ । गाउँमा भएको चर्काे राजनीतिका कारण एउटै विद्यालय दुई ठाउमा फुटाईएका हो । गाउँका स्थानीयहरु दुई कित्तामा विभाजित भए पछि एउटै विद्यालय दुई स्थानबाट संचालन भएको छ । एउटा पक्षले पुरानो र एउटा पक्षले नयाँ ठाउँबाट पठनपाठन कार्य सुरु गरेका छन् । गत वर्षको भदौ २२ गतेबाट रुपाकोट आधारभुत विद्यालय दुई भागमा विभाजन भएको हो ।
पुरानो ठाउँमा भवन निर्माण गर्ने विषयमा विवाद भएपछि विद्यालय फुटाईएको त्यहाँका स्थानीयहरुले बताएका छन् । एउटै विद्यालय दुई ठाउँबाट पढाई हुँदा त्यसको प्रत्यक्ष मार विद्यार्थी र शिक्षकलाई परेको छ । उक्त बिद्यालयमा विद्यालयमा १६ घण्टी पठाई हुने गरेको छ । दईभागमा बिभाजित गरेपछि शिक्षकलाई कलास लिन समस्या भएको छ । पुरानो रुपाकोटमा तिन वटा कक्षाका विद्यार्थीलाई एउटै ठाउँमा राखेर पढाउने गरिएको छ । ३, ४ र ५ तथा ६, ७ र ८ कक्षाका विद्यार्थीलाई एउटै ठाउँमा राखेर पढाउने गरिएको छ ,भने वारि रुपाकोटमा प्रत्येक कक्षाका विद्यार्थीलाइै छुट्टै राखिए पनि इसिडि र १ कक्षाका विद्यार्थीलाई सँगै राखेर पढाउने गरिएको छ । एउटै विद्यालयका शिक्षकलाई भागबण्डा गरि पढाउन लगाईएको छ । विद्यालय दुई भागमा विभाजन भएपछि दुवैतिर रेखदेख र अध्यापन गर्नु पर्ने बाध्यता रहेको उहाँको भनाइ छ । विद्यालयमा भवन निर्माणका लागि आएको रकम खर्च गर्न लागि नयाँ ठाउँमा भवन निर्माण भएपछि विवाद चर्किएको उहाँको भनाइ छ । एकै गाउँका स्थानीय दुई धुव्रमा विभाजित भएपछि विद्यालय फुटाएका हुन् । नियमित पढाई नभएपछि आधा भन्दी बढी विद्यार्थी विद्यालय नै आउन छोडेका छन् ।
केहि विद्यार्थी नजिकको विद्यालयमा गएका छन् । नयाँ भवनमा १ सय ६७ जना विद्यार्थी छन भने पुरानो विद्यालयमा ७७ जना विद्यार्थी रहेको विद्यालय स्रोतले जनाएको छ । बाँझागाड गाउँका स्थानीयका बिच विगतमा भएको सहमति अनुसार नयाँ ठाउँमा विद्यालय सार्ने निर्णय भएको थियो । अभिभावकहरुको विवादले शिक्षक र विद्यार्थी तनाबमा परेका छन् । विद्यार्थी मन लागे आउने, मन नलागे घर जाने गर्दछन् । एउटै शिक्षकले सबै विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउनु गरेका छन् ।
गएको असार महिनामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन हुँदा नेकपा र नेपाली काँग्रेसका उम्मेदार सहभागि भएका थिए । नेकपा तर्फका नरवहादुर रावत र नेपाली काँग्रेसका दलसिंह रोकायाका बिच चुनाव भएको थियो । दुवै जनाले बराबर मत ल्याएपछि आलोपालो अध्यक्ष हुने सहमति अनुसार हाल नेकपा तर्फका नरवहादुर रावत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहनु भएको छ । डेढ वर्षपछि रावतको कार्यकाल सकिएमा नेपाली काँग्रेसका दलसिंह रोकाया त्यस लगतै अध्यक्ष हुने सहमति भएको हो । अभिभावकहरुबीच मतभेद हुँदा वर्षौँ देखि एउटै विद्यालय दुई स्थानमा विभाजन गरी सञ्चालन भएको छ ।
विद्यालयका ३ जना दरबन्दी, २ जना निजी र एक जना ईसीडी (प्रारम्भिक बाल विकास) शिक्षकले १८ ओटा कक्षा धानेका छन् । यसका साथै अभिभावकहरुले आफ्नै निजी शिक्षकहरुसमेत निःशुल्क राखेको विद्यालयका प्रधानाध्यापक शान्ति शाहीले जानकारी दिइन ।उनका अनुसार एउटै विद्यालय दुई ठाउँमा बाँडिएकाले शिक्षक तथा शैक्षिक सामग्री अपुगदेखि विभिन्न समयमा अभिभावकहरुबीच झगडा नै हुने गरेको छ ।आईतबार जिल्लाबाट गएको सर्वपक्षिय र सर्वदलिय बैठकले पनि विद्यालयको विवाद मिलाउन नसकेपछि विना निष्कर्ष टुंगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *