रुकुमेली समाज विकास केन्द्रको प्रगती समिक्षा कार्यक्रम
रेखदेख संवादाता
साउन १५, रुकुम ।
रुकुमेली समाज विकास केन्द्रको बार्षिक समिक्षा कार्यक्रम गरेको छ । रुकुमेली समाज बिकास केन्द्रले गत आर्थिक वर्षको २०७५र७६ मा भए गरेका कार्यक्रमहरुको समिक्षा गरेको हो । मंगलबार रुकुम पश्चिमको मुसीकोट स्थित होटेल शिशिरमा बार्षिक प्रगती समिक्षा तथा सामाजिक लेखा परिक्षण सम्पन्न गरिएको छ । रुकुमेली समाज बिकास केन्द्र रुकुमका अध्यक्ष नरबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधी जिल्लामा क्रियाशिल पत्रकार लगायत लाभान्वित समुदायका प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका कार्यकारी निर्देशक नरेन्द्र केसीले गरेको जनाएको छ । रुकुमेली समाज विकास केन्द्रले रुकुम पूर्व र पश्चिमका स्थानीय तहमा विकास निर्माणका साथै समाजिक रुपान्तरण लगायतका कार्यक्रम गदै आएको छ ।

