सिइएचपी कार्यक्रमको अर्धबार्षिक समिक्षा
रेखदेख संवाददाता
रुकुम (पश्चिम) ।
सिइएचपी कार्यक्रमो अर्ध बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य प्रवद्र्धनका लागी सामुदायिक शसक्तिकरण कार्यक्रम (सिइएचपी) कार्यक्रमको अर्ध बार्षिक समिक्षा सम्पन्न गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पश्चिमको आयोजनामा नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य प्रवद्र्धनका लागी सामुदायिक शसक्तिकरण कार्यक्रम (सिइएचपी) नेपालगञ्जको आर्थीक तथा प्राविधिक सहयोग र त्रिवेणी गाँउपालिका रुकुम पश्चिमको सहभागीतामा सञ्चालीत स्वास्थ्य र खानेपानी सरसफाई तथा स्वच्छताका लागी सामुदायीक सहकार्य कार्यक्रमको अर्धवार्षिक समीक्षा कार्यक्रम त्रिवेणी गाँउपालिका वडा नं. ०३ झुल्नेटामा भएको हो । उक्त कार्यक्रममा स्वास्थ्य कार्यलय रुकुम पश्चिम, खानेपानी तथा सरसफाई डिभिजन कार्यलय रुकुम पश्चिम, त्रिवेणी गा.पा.का जनप्रतिनिधिहरु तथा कर्मचारीहरु, त्रिवेणी गा.पा.का स्वास्थ्य चौकीका इन्चार्जहरु, नेपाल रेडक्रस सोसाइटी सँग संवन्धित जिल्ला शाखा तथा उपशाखाका पदाधिकारीहरु र गै.स.स. का प्रतिनिधिहरु गरि ४२ जनाको उपस्थिति रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पश्चिमका सभापती रमा गौतमको अध्यक्षतामा सञ्चालन गरिएको कार्यत्रिवेणी गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्तीमगरको प्रमुख आथित्यता रहेको थियो । त्यस्तै कार्यक्रममा स्वास्थ्य कार्यालय रुकुमका नि.प्रमुख विष्णु वुढाथोकी, नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य प्रवद्र्धनका लागी सामुदायीक शसक्तीकरण कार्यक्रम९ऋभ्ज्ए०का उपकार्यक्रम निर्देशक राजकुमार क्षेत्री, त्रिवेणी गा.पा. का उपाअध्यक्ष निर्मला बिष्ट लगाएको आथित्यता रहेको थियो ।
समिक्षा कार्यक्रममा स्वागत मन्तव्य ने.र.सो जिल्ला शाखाका मन्त्री टेक बहादुर खड्का गरेका थिए । त्यस्तै कार्यक्रमको उपलव्धी र उद्देश्य बारे सिइएचपी कार्यक्रमका कार्यक्रम अधिकृत सुमन ज्ञवाली गरेको जनाएको छ ।
सिइएचपी कार्यक्रले स्वास्थ्यका लागि सामुदायिक सहकार्य अन्तर्गत प्राप्त रकम रु १६,६७,६७२।– र खर्च रु ७,५७,०२८।– र खानेपानी सरसफाई तथा स्वच्छताका लागि सामुदायिक सहकार्य अन्तर्गत प्राप्त रकम रु २१,५८,२९६।– र खर्च रु १६,३८,९२२।– गरेको जनाएको छ । कार्यक्रमको सञ्चालन कार्यक्रमका पालिका संयोजक केशबजंग मल्लले गरेका थिए ।

