अबैध हतियार सहित दुई जना पक्राउ
रेखदेख संवाददाता
रुकुम –पश्चिम)
अबैध हातहतियार सहित दुई जना पक्राउ परेका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ३ स्यालखोलाबाट अबैध हातहतियार सहित दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बाँके जिल्ला कोहलपुर नगरपालीका वडा नं. १ कौशिला नगरका १९ बर्षिय गोरे थापा मगर र दैलेख दुल्लु नगरपालीका वडा नं.१३ लम्सका ३४ बर्षिय खड्क बहादुर बि.क. पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान र भरुवा बन्दुक लाई मिडियम साईजको कटुवा पेस्तोल बनाएको नाल एक थान बरामत गरेको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिएका छन् ।
उनीहरुले डोल्पा, जाजरकोट र रुकुम पश्चिमबाट जडिबुटी तथा यार्सा गुम्बा खरिद बिक्रीको लागी आउने जाने ब्यापारी लगायत स्थानिय ब्यक्ती हरुलाई हातहतियार देखाई बिभिन्न डर धम्की दिई चन्दा तथा फिरौती रकम माग गर्दै अशान्ति फैलाई रहेका थिए ।

