अन्तरराष्ट्रिय झाँक्री सम्मेलन हुँदै

काठमाडौं । नेपाल तामाङ बोम्बो संरक्षण समाजको आयोजना र ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) को समन्वयमा आगामी पुस १४ र १५ गते काठमाडौंमा अन्तरराष्ट्रिय बोम्बो (झाँक्री) सम्मेलन हुने भएको छ । नेपाल भ्रमण वर्ष–२०२० र बोम्बो संस्कृति संरक्षणमा सघाउने उद्देश्यले नेपालमा उक्त सम्मेलन हुने भएको हो ।

बोम्बो संस्कृतिले धार्मिक पर्यटकीय स्थलसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले प्रमुख पर्यटक प्रडक्टका रूपमा बोम्बो संस्कृतिलाई अघि लैजान आवश्यक भएको बोम्बो संरक्षण समाजका अध्यक्ष महाराज भोम्जनले उल्लेख गरे । भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारी घोषणालाई टेवा पु¥याउन सम्मेलनको तयारी गरिएको भोम्जनले बताए ।

नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक महŒव बोकेको बोम्बोलाई पर्यटक प्रडक्टको रूपमा अघि बढाउन आवश्यक रहेको बोम्बो संरक्षण समाजका महासचिव विष्णुबहादुर तामाङले बताए । राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा छरिएर रहेका बोम्बोहरूबीच एकता गराउने र बोम्बो जागरण तालीम सञ्चालन गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको महासचिव तामाङको कथन छ ।

सम्मेलनमा यूरोप र सार्क राष्ट्रका बोम्बोहरूको सहभागिता रहने आयोजकको भनाइ छ । सम्मेलनमा बोम्बो हस्तकलाको प्रदर्शनी पनि गरिनेछ । सम्मेलनमा प्राचीन कालदेखि बोम्बोहरूले प्रयोग गर्ने ड्यांग्रो गजा, माला, घण्टी, रूद्राक्ष, रिठा, चित्त, हर्बाेटे, बिरू, सर्पको हडी माला र दोर्जे, चेरू, त्रिशुल, शंख, कर्ता, बर्जा, बुम्बा, फुवा, कङलिङ, डमरू, जामापगरी र धुपौरो लगायत प्रदर्शनीमा राखिनेछन् ।

सम्मेलनको पहिलो दिन र्‍याली र उद्घाटन हुनेछ भने दोस्रो दिन विभिन्न विषयमा पाँचओटा कार्यपत्र प्रस्तुत गर्ने आयोजकले बताएको छ । यसैगरी, सम्मेलनले ‘बोम्बो घोषणापत्र नेपाल २०२०’ सार्वजनिक गर्ने पनि उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *