मनकारी जनप्रतिनिधीः आफ्नो तलबबाट किसानलाई सहयोग
रेखदेख सवाददाता । रुकुम पश्चिमका एक जनप्रतिनिधीले आफ्नो तलवबाट किसानलाई सहयोग गरेका छन् । मुसीकोट नगरपालिका वडा नं. ३ का वडा सदस्य टेकबहादुर बिकले आफ्नो एक वर्षको तलबबाट किसानलाई कृषि सामाग्री र विद्यालयलाई नगत १० हजार रुपैयाँ प्रदान गरेका हुन् ।
उनले मुसीकोट नगरपालिका ३ छेराका २० परिवारलाई टनेल तथा भकारो सुधारको लागि सिमेन्ट वितरण गरेका छन् । भने जनहित आधारभुत विद्यालय माछमीका विपन्न बालवालिकालाई शैक्षीक सामाग्री प्रदान गर्न १० हजार रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
चुनावको बेला जनमुखी काम गर्ने बाचा खाए अनुसार आफ्नो तलव किसान र विद्यालयलाई खर्चिएको वडा सदस्य टेकबहादुर बिकले जनाए ।
उनका अनुसार (‘कृषि क्षेत्रको विकास र विपन्न वालवालिकाको शिक्षाको लागि लागि आफ्नो एक वर्षको खर्चिएको जनाए । मुसीकोट नगरपालिकाले यहाँका किसानहरुलाई विभेद गरी पशुपालन नगरेका किसानलाई भकारो सुधार र कृषि पेशा नगर्नेलाई टनेल वितरण गरेको भन्दै अन्तुष्टि बढेपछि बास्तबिक किसानलाई टनेल तथा भकारो सुधार गर्न आफ्नो तलव खर्चेको जनप्रतिनिधी विकले जानकारी दिएका छन् ।
सोमबार एक कार्यक्रमको आयोजना गरी किसानलाई कृषि साग्री वितरण गरिएको हो । कृषि सामाग्री वितरण कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुकुमका महासमिति सदस्य नेपाली कांग्रेस केन्द्रिय प्रशिक्षक(प्रशिक्षण विभागका सदस्य कृष्णबहादुर रोकायले जनताको हितको लागि काम गर्न सबै जनप्रतिनिधीलाई आग्रह गरे । उनले भने, ‘जनप्रतिनिधी टेकबहादुर विकले टनेल र भकारो सुधार गर्ने कार्य सानो भएपनि यसको प्रभाव ठुलो भएको भन्दै प्रशंसा समेत गरेका छन् ।’
त्यस्तै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी तथा नेपाल दलित संघका केन्द्रिय सदस्य यज्ञबहादुर परियारले जनप्रतिनिधीले जनमुखी काम गरेको भन्दै खुसी व्यक्त गरे । नेपाली कांग्रेस मुसीकोट नगरपालिकाका सभापति महेन्द्र केसीले जनताको मतको कदर गर्न जनप्रतिनिधीलाई आग्रह गरेका छन् । उनले भने, ‘जनप्रतिनिधीले जनताको हितमा काम गर्न सक्नु पर्दछ । त्यसको लागि टेकबहादुर विकले नमूना काम गरेको भन्दै खुसी व्यक्त गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेस रुकुमका नेता तथा क्षेत्र नं. १ का पूर्व क्षेत्रिय सभापति लालबहादुर महत, किसान वुद्धिजीवि लगाएको उपस्थित रहेको थियो ।

