‘सम्वन्ध विच्छेदको मुख्य कारण बैदेशीक रोजगार’
प्रवीर ददेल
साउन १०, रुकुम । रुकुम पश्चिममा सम्वन्ध विच्छेदका घटना वढेका छन् । जिल्ला अदालत रुकुम पश्चिमको तथ्याङ्क अनुसार गत चार वर्षमा जिल्ला अदालत रुकुममा ७ सय २१ वटा सम्वन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।
जसमध्ये सबैभन्दा वढी आर्थिक वर्ष २०७५÷०७६ मा १ सय ९६ वटा सम्वन्ध विच्छेदका मुद्दा दर्ता भएको जिल्ला अदालत रुकुम पश्चिमका जिल्ला न्यायधिस आत्मदेव जोशीले जानकारी दिएका छन् । उनका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा १ सय ४५ मुद्दा फच्छ्यौट भएका छन् । भने बाँकी ५१ वटा मुद्दा आर्थिक वर्ष २०७६÷७७ मा जिम्वेवारी सरेका छन् ।
त्यस्तै गत आर्थिक वर्ष २०७४÷०७५ मा १ सय ९१ वटा र गत आर्थिक वर्ष २०७२÷०७३ र २०७३÷०७४ मा १ सय ६७ सम्वन्ध विच्छेदनका घटना दर्ता भएका हुन् ।
विशेषगरी रुकुम पश्चिममा बैदेशीक रोजगार र बालविबाहका कारण सम्वन्ध विच्छेदका घटना बढेको जिल्ला अदालत रुकुम पश्चिमले जानकारी दिएको छ । जिल्ला न्यायधिस आत्मदेव जोशीले भने, ‘सम्वन्ध विच्छेदका मुख्य कारण वालबिबाह र बैदेशीक रोजगार नै हो ।’ यसका साथै गरिबी, अशिक्षा चालचलन, चरित्र लगायतका आरोप लगाएर पनि सम्वन्ध विच्छेदका मुद्दा दर्ता हुने गरेका छन् ।
सम्वन्ध विच्छेदका लागि ३७ पुरुष अदालतमा
रुकुम पश्चिममा आर्थिक वर्ष २०७५÷०७६ मा ३७ जना पुरुष श्रीमती विरुद्ध अदालत पुगेका छन् । महिलाका कारण हिंसा भोगेको, सम्पतीको हिनामिना गरेको परपुरुषसँग सम्वन्ध राखेको आरोपमा पुरुषहरु सम्वन्ध विच्छेदको लागि अदालत पुगेका हुन् ।
यसअघि महिला मात्रै सम्वन्ध विच्छेदनको लागि अदालत पुगपनि नयाँ मूलुकी ऐनमा महिलाका कारणले पुरुष हिंसामा परेमा, श्रीमानको सल्लाह बिनानै माईत बस्ने, सम्पतीको हिनामिना गरेमा महिला विरुद्ध पनि श्रीमान अदालत जान पाउँने कानूनी व्यवस्था भएपछि रुकुमका ३७ जना पुरुषले न्यायको लागि अदालत पुगेको जिल्ला अदालत रुकुम पश्चिमका श्रेस्तादार शिबहरी सुवेदीले बताएका छन् ।
आर्थिक वर्ष २०७५÷०७६ मा दर्ता भएका ३७ वटा सम्वन्ध विच्छेदका मुद्दा मध्ये १९ वटा मुद्दा फच्र्यौट भएका छन् । भने बाकी १८ वटा मुद्दा अर्को वर्षलाई सरेका छन् ।
पुरुषले सम्वन्ध विच्छेदको लागि अदालतमा मुद्दा दायर गरेपनि एक वर्षसम्म मेलमिलाप प्रक्रियाबाट मुद्दाको टुंगो लगाउने र दुवै जना सहमती भएमा मात्र सम्वन्ध विच्छेदन हुने गरेको जिल्ला अदालत रुकुम पश्चिमले जानकारी दिएको छ ।