कविताः निर्मलाको न्यायका निम्ति

दुर्गा आचार्य
तिमी बलात्कृत भयौ
त्यतिले पुगेन
नरपिचासहरुले तिम्रो हत्या गरे
तिमीसँग यति डराएकी
तिम्रो स्वर बन्द गरे,
आँखा बन्द गरे
एउटा जीवन बन्द गरे ।
तर तिमी बन्द भईनौ
हराईनौ,
आज देशको कुना(कुनामा
तिम्रो न्यायका लागि
तिम्रो जीवनको अर्थका लागि
तिम्रो बा(आमाको आँसुको मुल्यका लागि
अनि एकमुठ्ठी शान्तिका लागि
अनेकन निर्मला, शर्मिला, अनिता र सुनिताहरु
आवाज निकालिरहेछन् ।
तिम्रो न्यायको निम्ति निस्किएको आवाजले
सिंहदरबार, बालुवाटार र शितलनिवासहरु
आत्तिएका छन्,
र तिम्रो फोटोसमेत देख्न चाहन्न।
तर बुटहरु छातिमाथि बझारेपनि
लाठीहरु बर्षीएपनि
हातहरु बाँधिएपनि
मुखहरु थुनिएपनि,
न्यायको लागि बोलेको आवाज रोकिएको छैन
झन(झन बलियो भएको छ
कञ्चनपुर मात्रै होईन कान्तिपुर पनि
बोल्न थालेको छ,
चिच्याउन थालेको छ।
न्यायका निम्ति
सुशानका निम्ति
अपराधमुक्त समाजका निम्ति,
अनि निर्मलाहरुका न्यायका निम्ति ।।
साभारः लेखकको फेसबुकबाट नि
हातहरु बाँधिएपनि
मुखहरु थुनिएपनि,
न्यायको लागि बोलेको आवाज रोकिएको छैन
झन(झन बलियो भएको छ
कञ्चनपुर मात्रै होईन कान्तिपुर पनि
बोल्न थालेको छ,
चिच्याउन थालेको छ।
न्यायका निम्ति
सुशानका निम्ति
अपराधमुक्त समाजका निम्ति,
अनि निर्मलाहरुका न्यायका निम्ति ।।
साभारः लेखकको फेसबुकबाट

