६ वर्षकै उमेरमा एसईई परिक्षा !

रेखदेख संवाददाता ।
असार ९, रुकुम ।
सामान्यतया (एसईई) अर्थात कक्षा १० को परिक्षा दिने विद्यार्थीको उमेर कति होला भन्दा धेरैको अनुमान हुन सक्छ, कम्तीमा १४,१५ वा १६ वर्ष । परिक्षा नियन्त्रण कार्यालयको मापदण्ड भित्र पनि एसईई परिक्षा दिन कम्तीमा १४ वर्ष पुरा भएकै हुनुपर्दछ । तर रुकुम पश्चिमको एक सामुदायिक विद्यालयमा ६ वर्षको उमेरमा एक जना छात्राले एसईई परिक्षा दिएकी छिन् ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका( १२ स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालय ठुलिबार्खुबाट २०७५ सालको एसईई परिक्षामा ६ वर्षको उमेरमा एक जना छात्राले परिक्षा दिएको खुलेको छ ।
सोही विद्यालयबाट एसईई परिक्षा दिएकी सानीभेरी गाउँपालिका वडा नं ६ कि नविना पुन मगरको एसईईको प्रवेश पत्रमा २०६९ साल असार २९ गते जन्म मिति रहेको छ ।
शिक्षकको लापरबाहीका कारण २०५९ असार २९ गते जन्मीएकी छात्रा नविना पुनको जन्म मिति १० वर्ष घटेको छ । एसईई परिक्षाको रजिष्टेशन फारम भर्दा विद्यालयका शिक्षकले गलत फारम भरिदिएपछि नतिजा कस्तो आउँने हो भन्ने चिन्तामा रहेको छात्रा नविना पुनले रेखदेखलाई बताईन् । उनले भनिन,‘१० वर्ष सम्म पढियो, जन्ममितिले परिक्षा फल रद्द हुन्छ कि भन्ने चिन्ता लागेको छ ।’
उता विद्यालयका प्रधानाध्यापक हरिभान खत्री भुलवस विद्यार्थीको जन्म मिति फरक परेको हुन सक्ने बताए । मलाई पनि यस विषयमा कुनै जानकारी छैन्, विद्यालयको रर्कड हेरर छात्राको जन्ममिति सच्याउन पहल गरिने प्रधानाध्यपक खत्रीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *