‘विप्लव’ नेतृत्वको नेकपा ४ जना कार्यकर्ता पक्राउ

रुकुम पश्चिममा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ४ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-१ सिन्तुबाङबाट उनीहरू मंगलबार पक्राउ गरेका हुन्।

पक्राउ पर्नेमा गाउँपालिका सेक्रेटरीसमेत रहेका रुकुम पश्चिम त्रिवेणी गाउँपालिका-१, का ४७ वर्षीय, छविलाल घर्ति, युवा संगठन नेपाल रुकुमका उपाध्यक्ष आठबिसकोट नगरपालिका-११ चौरका   २२ वर्षीय विवेक विक, पार्टीको जिल्ला समिति सदस्य सानिभेरी गाउँपालिका ३ गरायलाका  ३१ वर्षीय दीर्घराज गहतराज र पार्टीको राप्ती ब्यरो सदस्य आठबिसकोट नगरपालिका-११ गोइरीका ४१ वर्षीय गोर्खे कामी (गम्भीर सिर्पाली) रहेका छन्।

प्रतिवन्धित विप्लव समूहका कार्यकर्ताहरूले स्थानीय गाउँघरमा चन्दा तथा फिरौती रकम माग गर्दै अबान्छित गतिविधि संचालन गरि शान्ति सुरक्षलाई चुनौती दिइरहेको भन्ने गोप्य सूचना आएको थियो। जसअनुसार अनुसन्धान गर्दा उनीहरू शंकास्पद गतिविधि संचालन गरिरहेको अवस्थामा फेला परि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक सुमीत खड्काले जानकारी दिए। उनका अनुसार पक्राउ गरेकालाई हिरासतमा राखी थप अनुसन्धान कार्य जारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *