झण्डै चार किलोग्राम अफिम सहित एक पक्राउ
जेठ ३२, रुकुम । रुकुम पश्चिमका एक युवा लागु औषध सहित पक्राउ परेका छन् । झण्डै ४ किलो लागूऔषध अफिम सहित आठबिसकोट नगरपालिका–१, रोकाजाका ३५ वर्षीय मनबहादुर बुढा पक्राउ परेका हुनु । उनको साथबाट ३ किलो ८ सय ५० ग्राम अफिम पक्राउ गरिएको छ ।
आठबिसकोट नगरपालिका–१४, छेपारेबाट शनिबार बिहान पौने ९ बजे बुढा अफिमसहित पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन् । उनका अनुसार– ‘गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बुढालाई पक्राउ गरेको थियो ।’
प्रहरीले सोधपुछ गर्ने क्रममा बुढाले उल्टै प्रहरी माथि हातपात तथा ढुङ्गा प्रहार गरी भाग्न खोजेपछि प्रहरीले पेस्तोलबाट एक राउण्ड हवाई फायर समेत गरेको जनाएको छ । अफिम सहित भाग्न खोजेपछि बुढालाई हवाई फायर गरेर नियन्त्रणमा लिइएको डिएसपी खड्काले बताए ।
प्रहरीले बुढाको साथबाट ९ नौ हजार नेपाली रुपैयाँ, एक थान टर्च लाइट, दुई थान मोबाइल सेट र एक थान मुङ्गाको जस्तो देखिने माला समेत बरामद भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको र शंकास्पद अन्य ४ जना भागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

