विप्लव निकट नेकपाका विद्यार्थी नेता बोहरा पक्राउ

रेखदेख  सम्वाददाता  बैशाख २० रुकुम । अखिल क्रान्तिकारी रुकुम पश्चिमका उपाध्यक्ष प्रेमप्रशान्त बोहरा पक्राउ परेका छन्। नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारी रुकुम पश्चिमका उपाध्यक्ष बोहरा पक्राउ परेका हुन । उनीलाई रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका सिम्रतु बजारबाट बुधबर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
उनीलाइ चन्दाआतंक गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख सुमित खड्काले बताए । बोहरालाई सार्वजनिक अपराध कसुरमा मुद्‍दा चलाएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
यसअघि मात्र विद्यार्थी नेता हरि पुनसहित दुईजना पक्राउ परेका थिए। उनीहरूलाई केहि समय हिरासतमा राखेर अनुसन्धान गरिए पनि हाल छोडिसकिएको प्रहरीले बताएको छ।  सरकारले विप्लव नेतृत्वको समूहलाई गतिबिधी गर्न राेक लगाएकाे छ । पार्टीका गतिबिधीमा राेक लगाएसँगै नेत्रबिक्रम चन्द विप्लव निकट नेकपाका नेता तथा कार्यकर्ताहरु भूमिगत बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *