सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने सरकारको घोषणा
२० वैशाख, काठमाडाैं । सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता बृद्धिको घोषणा गरेको छ । शुक्रवार सरकारकोनीनि कार्यक्रम प्रस्तुत गदै राष्ट्रपतिले यस्तो घोषणा गरेकी हुन् ।
सामान्यतः यस्तो घोषणा बजेटमार्फत हुन्छ । तर, वृद्धभत्ता ५ हजार पुर्याउने चुनावी घोषणाका कारण दबावमा परेको सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने प्रतिवद्धता जनाएकाे हाे ।

