सम्पादकीयःनयाँ बर्षसँगै नयाँ योजना

रुकुमको लोकप्रिय पत्रिका रेखदेख साप्ताहिकले नयाँ वर्षसँगै नयाँ योजना अगाडि सारेको छ । नयाँ वर्ष २०७६ सालको पावन अवसरमा रेखदेख साप्ताहिकले नयाँ ग्राहक योजना ल्याएको हो ।

विशेषगरी रेखदेख साप्ताहिकलाई सबैको पहुँचमा पु¥याएर जनताको थाहा पाउँने अधिकार सुनिश्चिताको लागि रेखदेख साप्ताहिकले ग्राहक लक्षित नयाँ योजना अगाडि सारेको हो । रेखदेख साप्ताहिकको ग्राहक लक्षित योजना अनुसार बार्षिक ग्राहक बन्ने हाम्रा ग्राहकको १ लाख बरावरको जीवन बीमा सुरक्षित गरिनेछ ।
हुन त हामीले गर्ने एक लाख बरावरको जीवन बीमा हाम्रा ग्राहकको लागि न्युन रकम हो ।

तरपनि जीवनको कुनै बीमा नहुँने सामान्य, मजदुर, गरिब र निमुखा नागरिकको जीवनको बीमा गरिदिनु हाम्रो दायित्व सम्झेर यो योजना अगाडि सारिएको छौं । हामीले पत्रिका बच्ने मात्र हाम्रो कुनै उद्देश्य छैन, यस भित्र जनताको थाहा पाउँने अधिकारका साथै ग्राहकको जीवनको सुरक्षा गर्न प्रयत्न गर्नेछौं ।

यो हाम्रो योजना पहिलो चरणमा रुकुम पूर्व र पश्चिमवासी आमा वुवा, दाजुभाई, दिदिबहिनीहरुलाई लक्षित गरि अगाडि बढाएका छौं । यस अन्र्तगत हाम्रो रेखदेख साप्ताहिकको आधिकारिक कर्मचारीहरु तपाईहरुको घर आँगनमा आउँदैन्, यसको भरपुर उपभोग गर्न सबैमा हार्दिक अनुरोध गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *