‘समस्यै समस्यामा रुकुम पूर्वका उद्योगी व्यापारी’

नेपालको कान्छो जिल्ला रुकुम पूर्व हिमाली जिल्ला पनि हो । यस जिल्ला तीन वटा गाउँपालिका सिस्ने, पुथाउत्तरगंगा र भुमे गाउँपालिका मिलेर बनेको छ । यस जिल्ला भौगलिक रुपमा विगट जिल्ला भएपनि निकै सम्भावना बोकेको जिल्ला हो । विशेषगरी यस क्षेत्रको जल, जमिन, जंगल र जडिवुटी रुकुम पूर्वको समृद्धिको आधार नै हो ।

यसका साथै रुकुम पूर्वको पर्यटन क्षेत्र अन्र्तगत पुथा हिमाल सिस्ने हिमाल, कमलताल, तकसेरावस्ती, लुकुम गाउँ, कोल गाउँ मैकोट लगायतका मगर बस्ती पर्यटकीAAय हिसावले आर्कर्षित छन् । यसका साथै रुकुम पूर्व पशुपालनका साथै फलफूल खेती स्याउ, ओखर, केरा यहाँका मुख्य फलफूल हुन् ।
रुकुम जिल्ला दुई भागमा विभाजन भएसँगै यहाँको व्यापार व्यवसाय पनि लगानी वढेको छ । विशेषगरी तीनबटै गाउँपालिकाका केन्द्रहरुमा होटेल व्यवसायका साथै व्यापार व्यवसाय वढेको छ । रुकुम पूर्वमा मात्र ६ सय २२ वटा उद्योग तथा व्यापार फर्ममा १ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ लगानी गरिएको छ ।जसबाट १ हजार १ सय २६ जनाले रोजगारी पाएका छन् । यस क्षेत्रका ३ सय ८६ व्यापारी फर्म निष्कीय सूचीमा रहेका छन् ।
व्यापारीहरुको हक हितको लागि रुकुमकोट उद्योग वानिज्यउ संघले तीन वटै गाउँपालिकामा उद्योग वानिज्य संघको सेवा कार्यालय स्थापना गर्ने थालिएको छ । यसअघि रुकुम पूर्वको भुमे गाउँपालिकामा उद्योग वानिज्य संघको सेवा कार्यालय स्थापना गरिएपनि सिस्ने र पुथाउत्तर गंगा गाउँपालिकामा गठन गर्ने तयारी गरेका छौं ।

रुकुम पूर्व जिल्लामा व्यापारीहरुका धेरै समस्या छन् । यस क्षेत्रमा विशेषगरी लगानीको अभाव, भौगलिक विगटता, यातायातको असुविधा, सञ्चार र बैकहरुको समेत उस्तै समस्या रहेको छ ।
रुकुमकोट उद्योग वानिज्य संघ का अध्यक्ष यज्ञप्रकाश मल्लसँग गरिएको कुराकानीमा आधारित ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *