विप्लव समूहकी नेतृ सुवेदी पक्राउ

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समूहकी एक नेत्री रुपन्देहीबाट पक्राउ परेकी छन् । सरकारद्वारा प्रतिबन्धित समूहकी रुपन्देही जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रीय सदस्य कल्पना सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई देवदहस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो। सुवेदी रुपन्देही जनसरकार प्रमुख शिशिरकी श्रीमतीसमेत हुन्।

रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले उनलाई नियन्त्रणमा लिएको जानकारी दिए। पक्राउ परेकी सुवेदीलाई अहिले जिल्ला प्रहरी कार्यालय, भैरहवामा राखेर अनुसन्धान भइरहेको एसपी थापाले बताए।

छोरासहित सुवेदीलाई पक्राउ गरिएको स्थानीयले दाबी गरेता पनि प्रहरीले भने उक्त कुरा अस्वीकार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *