पाठ्यपुस्तकसँगै शैक्षिक सामाग्री वितरण

रुकुमको एक स्थानीय तहले पाठ्यपुस्तकसँगै शैक्षिक सामाग्री वितरण गरिरहेको छ ।  रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सामुदायीक विद्यालयमा भर्ना हुने विद्यार्थीहरुलाई पाठ्यपुस्तक सँगै भर्षभरी आवश्यक पर्ने शैक्षिक सामाग्रीहरु (अभ्यास पूस्तिका, कलम र विद्यालय पोषाक) वितरण गरेको हो । विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई विद्यालयमा झिकाउने र टिकाउने उद्देश्यले पाठ्यपुस्तकसँगै शैक्षिक सामाग्री वितरण गरिएको चौरजहारी नगरपालिकाका शिक्षा अधिकृत धनन्जय आर्चायले जानकारी दिएका छन् । उनले भने, ‘चौरजहारी नगरपालिकाका १४ वटै वडाका आधारभुत विद्यालयमा यो अभियान सुरु गरिएको हो । उनका अनुसार ‘कक्षा १ देखी ५ कक्षा सम्मका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोषाक वितरण गरिनेछ ।
तर ६ देखी १० कक्षा सम्मका विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरिने जनाएको छ ।’ चौरजहारी नगरपालिकाका १४ वटै वडामा आधारभुक्त विद्यालय (१(५) कक्षा सञ्चालन भएका ४० वटा विद्यालयमा अध्ययरत झण्डै ४ हजार विद्यार्थी लाभाम्बित हुने चौरजहारी नगरपालिकाका उपप्रमुख राधा रोकाले जानकारी दिईन् ।
पाठ्यपुस्तक बाहेक पोषक, अभ्यास पुस्तिका र कलम वितरणको लागि चौरजहारी नगरपालिकाले ७५ लाख रुपैयाँ विनियोजित गरेको जनाएको छ ।
यसका साथै चौरजहारीका सामुदायी विद्यालयमा प्रविधीमैत्री बनाउन ४१ वटा विद्यालयलाई कम्युटर, ल्याप्टप र प्रोजेक्टर वितरण गर्ने चौरजहारी नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *