रुकुमको सबै तिर जोखीमः घर, विद्यालय, अस्पताल समेत छैनन् सुरक्षीत ?

त्याे कालाे दिन २०७२ बैशाख १२

प्रवीर ददेल
बैशाख ११, रुकुम ।
२०७२ बैशाख १२ एउटा कालो दिन । ७.८ रेक्टर स्केलको भुकम्पका कारण नेपालमा झण्डै ८ हजार बढीको मृत्यु भएको थियो । भने अर्बोको सम्पति तहसनहस भएको दिन । यो भुकम्पले रुकुममा समेत ११७ घर पुर्ण क्षती र ३२८ घर आंशिक रुपमा क्षती भएको थियो । त्यस्तै २२ वटा सरकारी भवन पूर्णरुपमा क्षती भएका थिए । भने आंशिक रुपमा २८ वटा सरकारी भवन र ६० विद्यालय भवन क्षती भएको थियो ।
रुकुम भुकम्पीय हिसावले जोखिमपूर्ण जिल्ला मानिन्छ । कमजोर भौगलिक अवस्थाका कारण रुकुम भुकम्पीय जोखीमको जिल्ला मानिएको हो । तर यस जिल्ला भुकम्पको कारण हुने जोखिमलाई न्यूनीकरण गर्न कुनै उपाय अवलम्वन गरेको देखिदैन् ।
पछिल्लो समयमा अव्यवस्थित रुपमा निर्माण भएका भौतिक पूर्वाधारले जिल्ला सदरमुकाम मुसिकोटबजार क्षेत्रलाई थप असुरक्षित बनाएको छ । यस क्षेत्रमा निर्माण हुने भवनहरुमा आचारसंहिता लागु हुन नसकेको जिल्ला प्राविधीक कार्यालयका इन्जिनियर पहलबहादुर पुनले जनाए । उनले भने, ‘कतिपय सरकारी कार्यालयहरु समेत भुकम्प प्रतिरोधी छैनन् ।’ बिशेषगरी भवन आचार संहिता सम्वन्धी ज्ञान नहुँनु, खर्च वढी लाग्ने र भुकम्प प्रतिरोधी भवन निर्माण गर्ने दक्ष (जनशक्ति) नहुँदा भुकम्प प्रतिरोध घर निर्माण नभएका हुन् । जिल्ला प्राविधीक कार्यालयका इन्जिनियर पुनले भने विशेषत् ‘भवन आचारसंहिताको पुर्ण कार्यन्वयन हुन सकेको छैन् ।’ रुकुम जिल्लामा पछिल्लो समयमा निर्माण भएका केही सरकारी भवन बाहेक पुराना सरकारी कार्यालय, रुकुम पूर्व र पश्चिमका ४०४ विद्यालय, ४४ स्वास्थ्य संस्थाका साथै रुकुम पूर्वका ११ हजार २ सय ९ र रुकुम पश्चिमका ३० हजार ६ सय ४७ घरहरु भुकम्प प्रतिरोधी छैनन् ।
करोडौ लगानी गरेर निमार्ण गर्ने व्यापारी भवन समेत प्रतिरोध नभएको जिल्ला प्राविधीक कार्यालय रुकुमले जनाएको छ । जिल्लालाई नै केन्द्रिबिन्द्र बनाएर ठुलो भुकम्प आए रुकुममा ठुलो क्षति हुन सक्ने जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष शुम्भुप्रसाद रेग्मीले बताए । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा प्राबिधिक इस्टमेट समेत नबनाई धमाधम भवनहरु निर्माण भईरहेका छन् । मुसिकोट बजार क्षेत्रमा निर्माण हुने व्यवसायीक भवनहरु बढी जोखिम रहेका छन् । सामान्यतया ९० वर्गमिटर भन्दा कममा घर बनाउनु प्राविधीक रुपमा राम्रो मानिदैन् । तर रुकुममा २० वर्गमिटरमा समेत घर बनेका छन् । यसलाई रोक्न सरकारी पक्षले कुनै पहल गरेको देखिदैन् ।
अबको पाटो
भुकम्प कुन समय र कुन क्षेत्रमा जादै छ भन्ने अनुमान गर्न सकिदैन् । यो जुनसुकै वेला र जनसुकै स्थानलाई केन्द्रविन्दु बनाएर जान सक्दछ । यस्तो अवस्थालाई मध्यनजर गदै अब निर्माण हुने पूर्वाधारहरु भुकम्प प्रतिरोधी बनाउनु पर्दछ । भने पुराना घरहरुलाई समेत प्रवलीकरण गरेर भुकम्प प्रतिरोधी बनाउन सकिन्छ । भुकम्पीय जोखीमलाई मध्यनजर गदै स्थानीय सरकारले भवन आचार संहिता कार्यान्वयनमा कडाई गर्नु पर्दछ । यसका लागि अनुगमन, मुल्याङ्कनको आवश्यक देखिन्छ । भने स्वयम स्थानीयबासी समेत पूर्वाधार निर्माण गर्दा भुकम्प प्रतिरोधी भवन निर्माण गर्न तत्पर हुनुपर्दछ । यसो गरियौं भने भुकम्पका हुने क्षती न्यूनीकरण गर्न सकिन्छ । त्यसैले भुकम्पीय सुरक्षाको बलियो आधार, भुँइचालो थेग्ने घर र भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *