युवा जोतिष ठाकुर देवकोटाको भविष्यवानी ः २०७६ सालमा पत्रकारको सुरक्षामा राज्य गम्भीर नदेखिने

२०७६ सालमा नेपालको वार्षिक भविष्यफल
जोतिष ः ठाकुर देवकोटा ।
श्री शाके १९४१ विक्रम २०७६ संवतको परिधावी नामक संवत्सर हो । यो प्रभवादि ६० सुसत्सर मध्येको ४६ औं सवत्सर हो । ग्रहहरुको राजा पदमा शनि तथा मन्त्री पदमा सूर्य ग्रह रहेका छन् । त्यसैगरी धान्येशमा चन्द्र, सस्येश पदमा बुध, रसेशपदमा शुक्र, नीरशेशपदमा बुध, मेघेश पदमा शनि, फलेश पदमा शनि, धनेश पदमा मंगल, दुर्गेश पदमा शनि रही ग्रह परिषद् गठित भएर वर्षारम्भ भएको छ । ग्रहले आ(आफ्नो कार्यभार सुसम्पन्न गर्न सबै ग्रह कटिवद्ध रहनेछ । यसरी ग्रह ६० प्रतिशत अशुभ र ४० प्रतिशत शुभ ग्रहले सहभागिता रहेको देखिन्छ । शुभ र अशुभ ग्रहको विश्लेषण गर्दा यस वर्षको समय अवधि मध्यम जस्तो देखिन्छ ।
राजा शनि र मन्त्री सूर्यको बीचमा आपसी शत्रुताले कार्य व्यवस्थामा बाधा, विरोध आदि उत्पन्नले सबैको मनमा नैराश्यता छाउँदा कुनै पनि कार्यक्रम र योजना निर्वाद हुने देखिदैन । अनेकौं विवादले जनताका समस्यामा राष्ट्र प्रमुखको दृष्टि नपुग्दा विकास निर्माणका कार्यमा गति लिन नसक्ला । राज्य शक्ति बलियो देखिए पनि राजनैतिक शक्तिहरुमा असहज परिस्थिति उत्पन्न हुनेछ । देशमा बन्द, हड्ताल, विरोध, उच्छृङ्खल र अमानवीय गतिविधिले उग्ररुप लिने देखिन्छ । आर्थिक, सामाजिक क्षेत्रमा सन्तोषजनक परिस्थिति देखिदैन । वैदेशिक अनुदान तथा रोजगारी क्षेत्रमा केही सुधारका कार्यहरु भए तापनि व्यवस्थापनमा कमजोरीका कारण उपार्जनका क्षेत्रमा ढिलासुस्ती हुने देखिन्छ । भौतिक पूर्वाधार तथा प्राविधिक शिक्षामा केही आशालाग्दा कामहरु हुनेछन् । व्यापारी वर्गको उन्नतिमा खासै प्रगति हुने देखिदैन । तर पनि नयाँ उद्योग, कलकारखानाको स्थापना हुने छन् । पत्रकारको सुरक्षामा राज्य गम्भीर नदेखिए पनि पत्रकार आफै आफ्नो हकहित पेशालाई मर्यादित बनाउन लागि पर्ने देखिन्छ । सञ्चार क्षेत्रमा नयाँ तथा केही आधुनिकता भित्रिने छ ।
कलाकारिता र साहित्यको क्षेत्रमा नविनतम प्रयोग हुनेछन् । सरकारी पक्षबाट भने कानूनमा केही अंकुश लगाउने देखिन्छ । स्वास्थ्य विज्ञानको क्षेत्रमा नयाँ प्रविधिको विकासले निरन्तरता पाउने छन् । राज्य र निजी क्षेत्रबाट स्वास्थ्य संस्थानहरु स्थापना भई केही मात्रामा भए पनि जनतामा आशा पलाउनेछ । मौसमी रोग, व्याधी तथा प्राण घातक रोगहरुको नियन्त्रणमा चासो नदेखाउँदा केही जटिलताहरु उत्पन्न हुनेछन् ।
सामाजिक अपराध, बलात्कार, चोरी, डकैती, लुटपात र अशोभनीय घटनाहरुमा केही नियन्त्रणका कामको अनुभूति हुनेछ । आन्तरिक तथा वैदेशिक रोजगारका क्षेत्रमा केही सफलता प्राप्त हुने देखिन्छ । वैदेशिक सहयोग पर्याप्त मात्रामा आए तापनि उत्पादन क्षेत्रमा लगानी नगर्दा कुनै ठूलो परिवर्तन हुनेछैन । प्रमुख कृषि बाली धान, गहुँ, मकै, जौलगायत वस्तुको उत्पादन राम्रो भए तापनि बजार भाउ नपाउँदा किसानहरु निरास हुनेछन । सुन, चाँदी, धातु, हिरामोती आदिको बजार भाउ मध्यम रहनेछ । जग्गा, जमिनको कारोबार बृद्धि रहनेछ । कृषि, पशुपालन व्यवसाय लाभदायक बन्नेछन् ।
जलवायुको परितर्वनको प्रभावले तापक्रममा प्रतिकूलता आउने छ । प्राकृतिक घटना भू(क्षय, बाढी, पहिरो, दैवीय विपत्ति तथा स्थल र हवाई दुर्घटना यस वर्ष पनि हुने देखिन्छ । ग्रह परिषद्मा ६ अशुभ प्रभावमा भएकोले सरकारी विरोधहरु देखापर्ने छन् । वर्षको राजा जगतलग्नमा केन्द्रमा दश मेश, निच र जगतलग्नको संसदको स्थानमा मालिक स्वइच्छाकारी तृतीयेश भाग्यमा भएकोले सरकार र संसदमा उतारचढाव परिस्थिति आउने छ । सांसदको असहयोगमा सहकारी योजनामा बाधा आउने छन् । लग्नेश, दशमेश दुबै निचो भएकोले केन्द्र, प्रदेश सरकार विरोधमा स्थानीय सरकार रहनाले जनताका नियमित कार्यहरु प्रभावित हुनेछन् । जगतलग्नमा वृहस्पति बलियो भएकोले शैक्षिक, बौद्धिक क्षेत्रमा उन्नति हुनेछ । षटेश शनि चतुर्थमा अष्टमेश दृष्टि भएकोले सेना, पुलिसको मनोबल बढ्ने नीति नियम बन्ने छन् । शुभ, चन्द्रको प्रभावले सञ्चार, प्रविधि, स्वास्थ्य, वैदेशिक नीति, बिमा क्षेत्रमा सफल छ । चतुव्येश बलियो भएकोले विकास निर्माणमा केही गति अवश्य आउने छ ।
सरकारी खर्चमा बृद्धि आउने देखिन्छ । दशममा पापग्रह भएकोले सरकारका महत्वाकांक्षी योजनाहरु आउनेछन् । सरकारी कोषमा केही दुरुपयोग हुनेछ । बुध निचो हुनाले व्यापार वर्गमा औद्योगिक क्षेत्रमा समस्या नै देखिन्छ । यस वर्षमा कृषि उत्पादन बृद्धि, शैक्षिक र प्राविधिक क्षेत्रमा वैदेशिक सहायता आउने छ । नेपालको राशिमा आढेसाती शनि ग्रहले खर्चमा बृद्धि, काममा ढिलासुस्ती रहनेछ । वर्षको शुरुवातमा वृहस्पतिको शुभ योगले बौद्धिक वर्ग र राजनेताहरुको सोंच क्षमता बृद्धि रहने छ । वर्षको मध्यभाग पछि देशको आर्थिक शुभ संकेत आउने छ । नेपालको लागि यस वर्ष जेष्ठ, श्रावण, भाद्र, मंसिर र चैत्र महिना नराम्रो सावित रहनेछ । लेखक ः नेपाल ज्योतिष परिषद केन्द्रिय आजीवन सदस्य ज्योतिष सञ्चार परामर्श केन्द्र तुल्सीपुर लाईनमा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *