दर्ता र करमा ५० प्रतिसत छुटको माग राख्दै ज्ञापन पत्र
रेखदेख संवाददाता
बैशाख ५,रुकुम । व्यवसायी दर्ता तथा करमा छुटको व्यवस्थाको माग गदै सिलाईकटार्ई व्यवसयाी संघले ज्ञापन पत्र बुझाएको छ । जिल्ला सिलाईकटाई व्यवसायी संघले मुसीकोट नगरपालिकामा व्यवसायीको हक हितको माग राख्दै बिहीबार १० वुद्दे माग सहितकाे ज्ञापन पत्र बुझाएको व्यवसायी संघका अध्यक्ष चन्द्रबहादुर नेपालीले जानकारी दिएका छन् । उनले भने, व्यवसायीको हक, हित, अधिकारका साथै व्यवसाय प्रवर्दनका लागि समेत माग राखिएको जनाएको छ ।
माग पत्रमा सिलाईक टाई व्यवसाय दर्ता र करमा ५० प्रतिसत छुटको व्यवस्था आग्रह गरिएको छ । यसका साथै तयारी पोषाक वितरण केन्द्र स्थापना गर्न समेत मुसीकोट नगरपालिका बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

