सम्पादकीय ; तथ्याङ्क विनाको भर्ना अभियान !

नयाँ वर्षसँगै नयाँ शैक्षिक सत्र २०७६ नजिकिएको छ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालयहरुले भर्ना अभियानलाई तिव्रता दिने प्रचलन छ । नीजि तथा संस्थागत विद्यालयहरुले भर्ना अभियान सञ्चालन गर्ने गर्दछन् ।
विद्यालय बाहिर रहेका बालवालिकाहरुलाई शिक्षाको मुलधारमा ल्याउने उद्देश्यले भर्ना अभियान सञ्चालन हुन्छ । यसपालिको भर्ना अभियानबाट रुकुम पश्चिमका ६ वटै स्थानीय तहका सबै वालवालिकाहरु विद्यालयको पहुँचमा पु¥याउन जनप्रतिनिधी, नागरिक समाज, अभिभावक, शिक्षक तथा विद्यार्थीहरुले पहल गरौं । रुकुम (पश्चिम) जिल्लाका ग्रामिन क्षेत्रका दलित, गआरिब र विपन्न परिवारका बालवालिकाहरु अझै विद्यालयसम्म पुग्न सकेका छैनन् ।
विद्यालय सम्म पुगेका वालवालिकाहरु पनि विद्यालय छोड्ने दर बढी रहेको बेला बेला छलफलको विषय बन्छ । तर यसको एकीन तथ्याङ्क जिल्ला शिक्षा विकास इकाई सँग पनि छैन् । पहिलो कुरा विद्यालय बाहिर रहेको वालवालिकाको तथ्याङ्क संकलन गरौं । किन बालवालिकाहरु विद्यालय छोड्ने गरेका छन कारण खोजौं ।

आ–आफ्नो पालिकाले योजना बनाएर अगाडि बढेमा विद्यालय बाहिरका वालवालिकालाई विद्यालय पु¥याउन सकिन्छ । अनि विद्यालय पुगेका वालवालिकालाई टिकाउन योजना बनाऔं । सँग–सँगै विद्यालयको शिक्षक दरबन्दी, पाठ्य पुस्तक समयमा पुगेनपुगेको अनुगमन गरौं । जसले विद्यालय वाहिरका वालवालिका विद्यालय पु¥याउने, विद्यालयमा पुगेका वालवालिकाहरु बिद्यालय छोड्ने दर घट्ने छ । जसले समग्र वडा, पालिका र जिल्लाकै शिक्षाको गुणस्तर सुधार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *