आठविसकोटको भिडियो सार्वजनिक
रेखदेख संवाददाता
रुकुम (पश्चिम)
आठविसकोट नगरपालिकाले नगरक्षेत्रभिको बस्तु स्थिती बारे तयार गरेको भिडियो डुकुमेन्ट्री सार्वजनिक गरेको छ । मंगलबार आठविसकोट नगरपालिकाले निर्माण गरेको भिडियो डकुमेन्ट्री जिल्ला सदरमुकाम मुसीकोट स्थित होटेल शिशिरमा एक कार्यक्रमको आयोजना भिडियो सार्वजनिक गरेको हो ।
भिडियोमा रुकुम पश्चिमको आठविकासकोट नगरपालिकाले गरेको प्रयासहरुका, त्यहाँ शैक्षिक र पूर्वाधारको अवस्थाका साथै समस्या सामधानको लागि सरोकारवालाको भुमीका विषय समेटीएको आठविकोट नगरपालिकाका प्रमुख गोरखबहादुर केसीले जानकारी दिएका छन् । उनले भने,‘समस्याको पहिचान गरी सामधानको उपायको खोजीका लागि भिडियो डकुमेन्ट्री तयार गरिएको हो ।’
सार्वजनिक कार्यक्रममा पूर्व गृहमन्त्री जर्नादन शर्मा, स्थानीय जनप्रतिनिधीहरु, पत्रकार लगायतको उपस्थित रहेको थियो ।

