रुकुम पूर्वको उद्योग, व्यापारमा झण्डै साढे १ अर्व लगानी
प्रवीर ददेल
रेखदेख रुकुम ।
रुकुम पूर्वको व्यापार व्यवसायमा झण्डै साढे एक अर्ब लगानी गरिएको छ । संघीय संरचना अनुसार तीन गाउँपालिका मिलेर बनेको कान्छो जिल्ला रुकुम पूर्वमा व्यापार, व्यवसाय र घरेलु तथा साना उद्योगमा १ अर्ब भन्दा वढी लगानी गरिएको हो ।
रुकुमकोट उद्योग वानिज्य संघ रुकुम पूर्वका अध्यक्ष यज्ञप्रकाश मल्लका अनुसार(‘रुकुम पूर्वको उद्योग व्यापारमा रु. १ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ लगानी गरिएको छ ।’
रुकुम उद्योग वानिज्य संघ रुकुम पूर्वमा दर्ता भएका ६ सय २२ वटा घरेलु तथा साना उद्योग र व्यापार व्यवसाAयमा उक्त लगानी गरिएको हो । सबैभन्दा वढी बानिज्य तर्फका ५ सय १२ वटा व्यवसाय फर्म रहेका छन् । जसमा रु. १ अर्ब २४ करोड रुपैयाँ लगानी गरिएको अध्यक्ष मल्ले जानकारी दिएका छन् । त्यस्तै ८९ वटा होटेल व्यवसायमा रु.४ करोड ४५ लाख र २१ वटा साना तथा घरेलु उद्योगमा ४ करोड २० लाख रुपैयाँ लगानी रहेको रुकुमकोट उद्योग वानिज्य संघ रुकुम पूर्वले जानकारी दिएको छ ।
रुकुम उद्योग वानिज्य संघका अनुसार ‘नयाँ जिल्ला बनेसँगै यहाँको व्यापार व्यवसायमा लगानी वढेको छ ।’ नयाँ जिल्ला बनेसँगै रुकुमकोट आसपासका क्षेत्रमा व्यापार व्यवसाय र घरजग्गाको कारोबार उच्च रहेको छ । तर लामो समयसम्म सदरमुकामको टुंगो नलाग्दा केही समस्या देखिएको स्थानीयले बताएका छन् । पछिल्लो समय रुकुम पूर्वको रुकुमकोटमा झण्डै दुई दर्जज भन्दा वढी ठुला होटेल समेत खुलेका छन् । नयाँ जिल्लाको अस्थायी सदरमुकाम रुकुमकोटमा व्यापारी चहलपहल बढेको जनाएको छ ।
रुकुम पूर्वको सदरमुकामको विषयमा गोलखडा र रुकुमकोटबासी बीच विवाद भई पछिल्लो समय मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।
१ हजार बढी रोजगारी
रुकुम पूर्वका १ हजार वढी रोजगारी भएका छन् । घरेलु तथा साना उद्योग र व्यापार व्यवसायबाट १ हजार १ सय २६ जनाले राजगारी पाएको रुकुमकोट उद्योग वानिज्य संघ रुकुम पूर्वले जानकारी दिएको छ ।
३ सय ८६ व्यापार निष्कृय
रुकुम पूर्वका ३ सय ८६ उद्योग व्यापारी निष्कृय भएका छन् । रुकुम पूर्वको उद्योग वानिज्य संघमा दर्ता भएका व्यापार व्यवसाय निष्कृयको सूचीमा रहेका छन् ।
रुकुम पूर्वका दर्ता भएका १ हजार ८ वटा व्यवसाय फर्ममध्ये ६ सय २२ वटा मात्र सञ्चालनमा रहेको र बाँकी ३ सय ८६ वटा व्यवसायी बन्द रहेका हुन् । लामो समय सम्म फर्म दर्ता नविकरण नगराउने उद्योगी व्यापारीहरु निष्कृयको सूचीमा रहेको रुकुमकोट उद्योग वानिज्य संघ रुकुम पूर्वका अध्यक्ष यज्ञप्रकाश मल्लले जानकारी दिएका छन् । विशेषगरी नेपाली कागज उद्योग, काष्ठ उद्योगका साथै व्यापारी पसलहरु पनि बन्द रहेका हुन् ।

